ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा लगानी गर्नुअघि सरकारको अनुमति लिऔँ– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
५ भदौ २०७६, बिहिबार   ३ : ४२   बजे

काठमाडौं, ५  भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद अतहर कमाल मुसलमानले नेपाली नागरिकबाट गैरकानूनी रुपमा स्विस बंैकमा जम्मा भएको देखिएको रु ५३ अर्बबारे के कारवाही हुँदैछ, कहिलेसम्म कारवाही पूरा हुन्छ भनी राख्नुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले कसैको नाम मिलेकै आधारमा विदेशमा पैसा छ भन्न नसकिने बताउनुभयो । विदेशी बैंकमा रहेका खाताको खोजी भइरहेको बताउँदै मन्त्री खतिवडाले राजश्व सचिवको संयोजकत्वमा समिति गठन गरी प्रहरी पनि परिचालन गरिएको जानकारी दिनुभयो । नेपाल ट्रष्टले खोजी गर्दा तत्कालीन राजपरिवारका सदस्यको सानातिना रकम फेला परेको पनि उहाँले उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय सूचना प्रणालीबाट त्यसरी पैसा राख्नेको सूची खोजी भइरहेकाले कानून कार्यान्वयन गराउने मन्त्री खतिवडाको प्रतिबद्धता थियो । सांसद रामबहादुर विष्टले विदेशी बैंकमा राखिएका पैसा फिर्ता ल्याउने बारेमा राख्नुभएको जिज्ञासामा राजश्व प्रशासनमा मूलबाटै सुधार गर्न लागिएको बताउनुभयो ।सांसद प्रेम सुवालले कहाँ कहाँसम्म तलबाट उठाइएको पैसा पुग्छ भनी जिज्ञासा राख्नुभएको थियो । भ्रष्टाचारसम्बन्धी कानूनलाई संशोधन गरेर माथिबाटै अनियमितता अन्त्य गर्न सकिने मन्त्री खतिवडाको भनाइ थियो ।

सवारी साधन खरीद गर्दा त्यसको औचित्यका आधारमा सम्बन्धित मन्त्रालयबाट अघि बढेको प्रस्तावका आधारमा अर्थ मन्त्रालयले कारवाही अघि बढाउने मन्त्री खतिवडाको प्रतिबद्धता थियो ।सांसद विष्टले राख्नुभएको मन्त्रालय, भन्सार, विभाग र संस्थानहरुमा सामान्य मर्मत नगरेर थन्किएका सरकारी गाडीहरु समयमा लिलाम गरी थोरै भए पनि राजश्वमा वृद्धि गर्नेबारे मन्त्रीको सोचाइ के छ भनी प्रश्न गर्नुभएको थियो ।

सांसद दिव्यमणि राजभण्डारी र पुष्पा भुसालले पुराना सवारी मन्त्रालय, विभाग एवं विदेशस्थित दूतावासअघि लाम देखिने गरेका सम्बन्धमा प्रश्न गर्नुभएको थियो ।मन्त्री र उच्चपदस्थ कर्मचारीलाई उपलब्ध गराएको सवारी साधनको खर्च धेरै रहेको मन्त्री खतिवडाले सुनाउनुभयो । सवारी खरीदका सम्बन्धमा मन्त्रालय मितव्ययी भएको उहाँको भनाइ थियो । कूटनीतिक नियोगमा भने मर्यादा अनुसारका सवारी, श्रम गर्न धेरै नेपाली गएका मध्यपूर्वका देशमा उद्धारका लागि पनि त्यसै अनुसारका सवारी खरीद गरिएको मन्त्री खतिवडाले बताउनुभयो ।

आइफा अवार्डका लागि कुनै बजेट विनियोजन नगरिएको उहाँले सांसद डिला सङ्ग्रौलाका तर्फबाट प्रमिला राईले आइफा अवार्ड नेपालमा हुने भयो वा भएन रु यदि हुने हो भने यसका लागि सरकारले कति बजेट छुट्याएको छ भन्ने प्रश्नको उत्तरमा जवाफ दिनुभएको थियो ।यसैगरी सांसद खगराज अधिकारीले खानेपानीका लागि बिजुलीबाट लिफ्ट गर्दा लाग्ने महसुलमा कति प्रतिशत अनुदानको व्यवस्था भएको छ रु यसबाट देशभरिका कति जनसङ्ख्या लाभान्वित भएका छन् र यसलाई थप व्यवस्थित गर्न सरकारको सोच के छ रु भनी प्रश्न राख्नुभएको थियो ।

मन्त्री खतिवडाले सबै नेपालीलाई स्वच्छ पानीको व्यवस्था गर्न सरकार लागिपरेको बताउनुभयो । पूरक प्रश्नमा सांसद अधिकारीले प्रगतिशील सरकारले पानी खान अनुदान नदिने सिँचाइमा दिने भनी प्रश्न राख्नुभएको थियो । पूरक प्रश्न गर्नुहुँदै सांसदहरु पुष्पा भुसाल र प्रेम सुवालले नेपालीले शुद्ध खानेपानी कहिलेसम्म पाउँछन् भन्ने जिज्ञासा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu