ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिष्ठानका डाक्टर आन्दोलित


एबीसी न्यूज
५ भदौ २०७६, बिहिबार   ७ : ०५   बजे

काठमाडौं, ५  भदौ  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलित भएका छन् । उपकुलपति डा सङ्गीता भण्डारीले डाक्टरलाई बिना कारण प्रतिष्ठानबाट निकाल्न खोजेको भन्दै त्यहाँ कार्यरत सबै डाक्टर आन्दोलित भएका हुन् ।

उपकुलपति भण्डारीले स्वतःस्फूर्तरुपमा डाक्टरलाई बिरामी जाँच्न नदिने, पटकपटक धम्की दिने, विनाकारण स्पष्टीकरण सोध्ने मानसिक तनाव दिने जस्ता कार्य गरेको भन्दै उनहरु आन्दोलित भएका हुन् । आज बिहानैदेखि डाक्टरले अस्पतालमा बिरामी जाँच नगरी अस्पतालका प्रवेशद्वारामा धर्ना दिएर उपकुलपतिको विरुद्धमा आन्दोलन गरेका थिए ।

तत्कालीन उपक्षेत्रीय अस्पताल, प्रतिष्ठान बनेपछि उपकुलपति भण्डारीकै नेतृत्वले नियुक्त गरेका डाक्टर अहिले अस्पतालमा कार्यरत छन् । तर उपकुलपति र रजिष्टार रामप्रसाद प्याकुरेलले विनाकारण निकाल्न खोजेपछि आफूहरु आन्दोलनमा उत्रिएको डाक्टरले बताएका छन् । सबै डाक्टर आन्दोलनमा उत्रेपछि बिरामी अलपत्र परेका छन् । बिरामीको आग्रहमा डाक्टरले आज दुई घण्टा मात्रै उपचारमा खटिएको बताइएको छ । प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर डा मनोज यादवलाई प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीले निकालेपछि उनीसँगै ११ जनाभन्दा बढी विशेषज्ञ डाक्टर आन्दोलित बनेका डाक्टरको भनाइ छ । डा यादवले बिरामीको ल्याब टेष्टका लागि प्रतिष्ठान बाहिर पठाएको भन्दै उपकुलपतिले डा यादवलाई भोलिदेखि नै अस्पतालमा नआउन भनेको बुझिएको छ ।

उपकुलपतिले डाक्टरलाई आजै निकाल्ने, भोलि नै निकाल्ने भन्दै बारम्बार धम्की दिने गरेको डाक्टर यादवले बताउनुभयो । उपकुलपति भण्डारीले कामबाट निकाल्ने, अनुभव पत्र नदिने, नेपालमा जागिर खान नमिल्ने गरी निकाल्ने जस्ता धम्की दिएर मानसिक तनाव दिने गरेको पाइएको छ । डा मनोज यादव जिल्लाकै राम्रो डाक्टरका रुपमा परिचित बन्दै आएका छन् । राम्रो डाक्टरलाई निकाल्न खोजेर उपकुलपतिले प्रतिष्ठानलाई नै धरासायी बनाउन खोजेको बिरामीले बताउँछन् । उपकुलपति भण्डारी र रजिस्टारले प्रतिष्ठानमा मनपरी गरेको त्यहाँका कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीले बताउँदै आएका छन् ।

अहिले त्यहाँ कार्यरत डाक्टर र उपकुलपति, रजिस्टारबीच वार्ता भए पनि त्यो निकर्षमा पुग्न नसक्दा डाक्टरले प्रतिष्ठानको विरुद्धमा विज्ञप्ति निकाल्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu