रुकुम पश्चिम, ८ भदौ । रुकुम पश्चिम सहित जाजरकोट जिल्लाका स्थानीय तह प्रमुख चौरजहारीमा भेला भएका छन ।
जिल्ला समन्वय समितिका प्रमुख नगरपालिका मेयर उप मेयर प्रमुख प्रशासकिय अधिकृत र गाउँपालिका अध्यक्ष उपाध्यक्षहरु चौरजहारीमा भेला भएका हुन ।
जाजरकोट जिल्लाका ७ वटा स्थानीय तह र रुकुम पश्चिमका ६ वटा स्थानीय तह गरी कुल १३ वटा स्थानीय तह वाट ४१ जना जनप्रतिनिधि तथा कर्मचारीहरु ग्रामिण पहुच कार्यक्रम अन्तरगत मर्मत संभार तथा जिवट परिक्षण ले आयोजना गरेको कार्यक्रममा सहभागी हुन चौरजहारी आईपुगेका हुन ।
नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मनत्रालय स्थानीय पुर्वाधार विभाग अन्तरगत कर्णाली प्रदेशका स्थानीय तहहरु संग संलग्नता सम्वन्धि १ दिने कार्याशाला गोष्ठी चौरजहारी नगरपालिकाको सभाहलमा संचालन भएको थियो ।
गोष्ठिको पुर्वाधार विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख सुरज देवकोटाले सहजिकरण गर्नु भएको थियो ।
आर्थिक वर्ष २०७६\०७७ मा कर्णाली प्रदेशका प्रदेश स्तरीय सडक तथा पालिकास्तरका मूख्य सडक संजालहरुको मर्मत संभार नगर तथा गाउँपालिका यातायात गुरुयोजना तयारी कार्यमा सम्वन्धित निकायलाई सहयोग गर्ने उद्देश्यले कार्यशाला गोष्ठी संचालन गरीएको आयोजकले वताएको छ ।
यातायात गुरुयोजना निर्देशिका अनुसार नगर तथा गाउँपालिका यातायात गुरुयोजना तयारी गर्ने कार्यमा कर्णाली प्रदेशका ७९ स्थानीय तहहरुलाई आवाश्यकता अनुसार प्राविधिक सहयोग गर्ने ग्रामिण पहुच कार्यक्रमका म्यानेजर अर्जुन पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्