काठमाडौं, ९ भदौ । उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्री कार्यालयबाट भिडियो कन्फरेन्समार्फत छलफल गर्ने गरि प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाइएको हो ।
यसअघिसम्म प्रधानमन्त्री देश बाहिर रहुन्जेल मन्त्रीपरिषद बैठकनै बस्ने गरेको थिएन । तर सरकारले मन्त्रीपरिषद बैठक सम्बन्धि नियमावली संशोधन गरेर, भिडियो कन्फरेन्सिङ् बाट प्रधानमन्त्री जहाँ रहेपनि क्याबिनेट बस्न सक्ने बनाएको हो ।
सोमबार मध्यान्ह १२ बजे बस्नेगरि बोलाइएको बैठक भिडियो कन्फरेन्सबाट गर्न लागिएको पहिलो मन्त्रीपरिषद बैठक हो । जसको अध्यक्षता प्रधानमन्त्री स्वयमले गर्नुहुने छ ।
विश्वका केही ठूला देशहरुमा प्रधानमन्त्री रहेकै ठाउँमा मन्त्रीपरिषद बैठक बस्न सक्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्