काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै शुभकामना प्रस्ताव पारित गरेको छ ।
नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक बसेको सचिवालय बैठकले पार्टीको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशतसम्म केन्द्रीय समितिमा रहने प्रावधान अन्तर्गत ४ जना सदस्यलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।
मनोनयमा पर्नेमा देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई, किरण राइ रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यससँगै नेकपाको केन्द्रीय सदस्यको आकार ४ सय ४५ भएको छ ।
प्रतिक्रिया दिनुहोस्