काठमाडौं, ९ भदौ, । तीनकुने–गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गर्नुभएको छ ।
उहाँले आफ्नो यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर शुन्दर सफा सडक बनाउनेमा जोड दिनुपर्ने बताउनुभयो । ‘यो नेपालको प्रवेशद्वार हो, यसलाई अव्यवस्थित राख्नु हुँदैन,’ उहाँले भन्नुभयो । भट्टराईले पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने र जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने पनि भट्टराईले जानकारी दिनुभयो ।
यस्तै पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने योजना रहेको समेत मन्त्री भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्