काठमाडौं, ९ भदौ । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिद बिक्रीमा लाग्ने लाभकर एनसेलले तिर्नु नपर्ने फैसला सुनाएको छ ।
सर्वोच्च अदालतका पाच न्यायधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही,शुमलता माथेमा र मनोजकुमार शर्माको सयुक्त इजलाशले लाभकर एनसेलले तिर्नु नपर्ने फैसला गरेका हुन ।
सर्वोच्चको फैसला पछि अब ठूला करदाता कार्यालयले एनसेललाई पुनः कर निर्धारण गर्नुपर्ने भएको छ । एनसेल बिक्रीमा लाग्ने पुंजीगत लाभकर गणनामा ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्नु पर्ने सर्वोच्चले फैसला गरेको हो । ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैया कर निर्धारण गरेको थियो ।
यसमध्ये करिब साढे ३९ अर्ब रुपैयाँ एनसेलले बुझाउन बांकी थियो । तर, उसले करिब साढे १४ अर्ब रुपैयां मात्र कर निर्धारण हुनुपर्ने भन्दै आदेशमा चित्त नबुझेपछि २०७६ बैसाख ९ मा सर्वोच्च अदालतमा अर्को रिट दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्