बझाङ, ९ भदौ । पहिरोले घर भत्कीदा एक जनाको मृत्यु भएको छ भने दुईजना धाईते भएका छन् ।
बझाङ जिल्लाको केदार स्यूँ गाँउपालिका वडा नम्बर ८ को टोटामा घर भत्किदा एक जनाको मृत्यु भएको छ भने एकै घरका दुई घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घरमाथि बाट आएको पहिरोले पुरीदा केदार स्यूँ गाँउपालिका वडा नम्बर ८ की बेलु जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा निमित्त कार्यलय प्रमुख ईश्वरी दत्त पाण्डेले बताए। जेशीको दुबै खुट्टा भाँचिएको र उपचारका लागि धनगडी लैजादै गर्दा बाटोमै मृत्यु भएको पाण्डेले जानकारी दिनुभयो। पहिरोमा परि जोगी जोशी र उनकी ७ बर्षीय छोरी धौली जोशी घाईते भएका छन् । उनीहरुको नजीकै रहेको प्राथमीक स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्