ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरुप्रति अविश्वास बढेकामा पौडेलको चिन्ता


एबीसी न्यूज
९ भदौ २०७६, सोमबार   ७ : ३७   बजे

काठमाडौं, ९ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरुप्रति जनताको आस्था र विश्वास कम हुन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पूर्णकान्त पोख्रेलको १०औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका–५ को आयोजनामा आज लक्ष्मीपुरमा आयोजित शोकसभामा नेता पौडेलले बलियो सरकार भएको समयमा पनि दलहरुप्रति अविश्वास बढ्नु दुःखद भएको बताउनुभयो । “बढ्दो राजनीतिक अविश्वासलाई अन्त्य गर्न सबै दल सजग हुनु आवश्यक छ”, उहाँले भन्नुभयो । सरकारको काम कारवाहीका कारण जनतामा असन्तुष्टि देखा पर्न थालेको उहाँको आरोप थियो । वर्तमान सरकारको विकल्प काङ्ग्रेस भएको नेता पौडेलको भनाइ थियो । पोख्रेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो ।

काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले अग्रजहरुको योदानको कदर गर्दै पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । “आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, किसान सङ्घका केन्द्रीय अध्यक्ष भानु सिग्देल, चितवनका पूर्वसभापतिहरु टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटा, रेशमलाल कँडेल, पोख्रेलका भाइ करुणाकान्त पोख्रेल, विष्णुु रेग्मी लगायतले स्व पोख्रेलको योगदानको स्मरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group