ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धमलालाई इन्टरनेसनल इस्ट्रक्टर अवार्ड


एबीसी न्यूज
९ भदौ २०७६, सोमबार   ८ : २२   बजे

काठमाडौं, ९ भदौ । अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले नेपाल आइटिएफ तेक्वान्दो महासङ्घका अध्यक्ष अन्जन धमलालाई इन्टरनेशनल इन्स्ट्रक्टरको अवार्ड प्रदान गरेको छ ।

बुल्गेरियाको प्लामोदीप शहरमा आज अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ ९आइटिएफ०को २७औँ काङ्ग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डका साथै मेडलबाट सम्मानित गरेको हो । आइटिएफ महासङ्घले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्व छनोट गरी दुर्ई–दुई वर्षमा सम्मान गर्दै आएको छ । यस वर्ष नेपालका धमलाले एक्त सफलता प्राप्त गरेको नेपाली टोलीका सदस्य घमबहादुर थापामगरले जानकारी दिनुभयो ।

सताइसाँै महाधिवेशनका अवसरमा सम्मान ग्रहण गरेपछि धमलाले खुशी व्यक्त गर्दै सो अवार्ड आफ्नो लागि मात्र नभई समग्र नेपाली खेलकूद विकासका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आफ्नो अनुभव, सीप र कौशललाई इमान्दार खेलकर्मीको हैसियतले खेलकूदको विकास र विस्तारमा समर्पित रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“मेरा लागि यो अवार्ड काम गर्न अझै उत्प्रेरित बनाउने माध्यम बनेको छ”, धमलाले भन्नुभयो । “आगामी दिनमा नेपाली आइटिएफलाई अझै विकास गर्नका लागि नयाँ योजना बनाएर अगाडि बढ्नेछु ।” धमला एक समय आइटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो भने हाल नेपालका अध्यक्ष तथा दक्षिण एशियाली आइटिएफका वरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ ।

बुल्गेरियामा सम्पन्न काङ्ग्रेसले आगामी २२औँ विश्व आइटिएफ च्याम्पियनशिप सन् २०२१ मा चीनमा गर्ने निर्णयसमेत गरेको छ । २०२३ को विश्व च्याम्पियनशिप भने इटालीले मतदानमार्पत पाएको छ । जसमा भारत पराजित भएको थियो । सोही दौरान बुल्गेरियामा अगस्त ३१ सम्म सञ्चालन हुने २१औँ संस्करणको विश्व च्याम्पियनशिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धासमेत गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group