ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता


एबीसी न्यूज
९ भदौ २०७६, सोमबार   ८ : २८   बजे

काठमाडौं, ९ भदौ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सहजतापूर्वक कार्यान्वयन गर्ने लक्ष्यका साथ खानेपानी मन्त्री वीना मगर र सचिव माधव बेल्वासेबीच आज कार्य सम्पादन करार सम्झौता गरिएको छ ।

मन्त्रालयमा आज सम्पन्न भएको सम्झौता कार्यक्रममा मन्त्रालयसँग सम्बन्धित योजना आव २०७६/७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मन्त्री मगर र सचिव बेल्वासेले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सरकारको नीति तथा कार्यक्रममा आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आवमा ९२ प्रतिशत र चार वर्षभित्र शतप्रतिशत जनसङ्ख्याको पहुँचमा पु¥याइने उल्लेख छ ।

त्यस्तै निर्माणधीन खानेपानी आयोजना सम्पन्न गरी तराईका जिल्लामा आर्सेनिकमुक्त सुरक्षित खानेपानी उपलब्ध गराइने नीति तथा कार्यक्रममा समावेश छ । सरकारले लिएका यी लक्ष्य पूरा गर्न मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको हो । सम्झौतामा उल्लेख भएअनुसार ९८ भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्ने, एक हजार ३६८ आयोजनाको खानेपानी सेवा विस्तार तथा पुनःस्थापना गर्ने, १५ क्रमागत तथा ४१ नयाँ गुणस्तर सुधारका आयोजनाको कार्यान्वयन गर्ने र थोक वितरण प्रणाली तथा जलाशययुक्त सम्भाव्य आयोजनाको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन कार्य चालू आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै २३ नगरक्षेत्र पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, भद्रपुर, धरान, वीरगञ्ज, भैरहवा र धनगढीलगायत अन्य क्षेत्रका लागि खानेपानी सुधार कार्य गर्ने हस्ताक्षरित सम्झौतामा उल्लेख छ । चालू आवभित्रमा मेलम्चीको पानी पथान्तरण गरिसक्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ । त्यसैगरी नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाइ पूर्ण सरसफाइ अभियानलाई देशैभरि अगाडि बढाउने मन्त्रालयको प्रतिबद्धता छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सम्झौता जनतासँग गरिएको प्रतिबद्धता भएको बताउनुभयो । “सम्झौता जनताका अगाडि यो काम गर्छु भनेर गरिएको प्रतिबद्धता हो”, उहाँले भन्नुभयो, “हामीले चालू आवभित्र धेरै काम सम्पन्न गरेर देखाउनुपर्ने चुनौती छ, त्यसैले मन्त्री र सचिवले मात्रै नभई सबैले आत्मसात गरी सरकारका कार्यक्रम कार्यान्वयन गर्न तिर लागौँ ।” सचिव बेल्वासेले नीति तथा कार्यक्रम र बजेटले लिएका लक्ष्य पूरा गर्नेतर्फ लाग्न सबैको साथ सहयोग जरुरी रहेको बताउनुभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu