ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्को प्रभावकारिताका लागि महिला सांसदको भूमिका महत्वपूर्ण


एबीसी न्यूज
१० भदौ २०७६, मंगलबार   १ : १२   बजे

काठमाडौं, १० भदौ । संसदीय अभ्यासका विविध आयाममाथि जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसदसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तरक्रियामा शून्य, विशेष र ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी गर्ने, कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तर  सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुुम्वाहाङफेले कार्यक्रमको शुभारम्भ गर्दै संविधान जारी भएपछि सङ्घीय संसद्ले १८ महीना पूरा गरेको र यस अवधिमा जनचाहना पूरा गर्न संसद् प्रभावकारी रुपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसदीय अभ्यासलाई अझ प्रभावकारी बनाउन महिला सांसदले आफ्नो भूमिका अझ बढाउनुपर्छ । तपाईहरु लाज र धक नमानी जनताका कुरा सदन र समितिका बैठकमा राख्नुहोस् ।” उपसभामुख तुम्वाहाङफेले ‘सदनमा महिला सांसदको भूमिका राम्रो भएन’ भन्नेलाई सदनका हरेक गतिविधिमा भाग लिई आफ्नो विज्ञता प्रस्तुत गर्दै जवाफ दिनुहोस् भन्नुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सदनमा महत्वपूर्ण कुरा राख्छौ तर ससाना कुराको ख्याल नराख्दा यसले सिङ्गो सदनको प्रभावकारितामा असर पु¥याइरहेको हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाको हालैको एकदिनको बैठकमा बोलिरहनुभएका सांसदको समय सकिन लाग्यो भनेर मैले पहेलो बत्ती बाले, बत्ती बल्ने वित्तिकै उहाँले आफ्नो भनाइ अन्त्य गर्नुभयो । बत्ती बलेपछि पनि एक मिनेट समय त बाँकी त थियो नी । एक मिनेटमा पनि धेरै विषयगत कुरा राख्न सकिन्थ्यो होला ।’’

संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले शून्य, विशेष, ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी राख्ने भन्ने जानकारी दिँदै छोटो समयमा बुँदागत आफ्ना भनाइ राख्न सांसदलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले जनताका लागि नयाँ संविधान बनाइ जारी गरेकाले आन्दोलन होइन, संविधान कार्यान्वयतर्फ लागौँ । संविधानको कार्यान्वयनले मात्र समृद्धि हासिल गर्न सकिन्छ ।”

सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सङ्घीय संसद्लाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि अन्तरक्रियाको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । अन्तरक्रियमा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेल र सङ्घीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तर सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group