बझाङ्ग, १० भदौ । तत्कालीन बझाङ्गी राजाको ऐतिहासिक दरवार भोपुर दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । दरबार संरक्षणमा स्थानीयले मात्रै होइन संघीय सरकारको समेत ध्यान पुग्न सकेको छैन । तीनै तहका सरकारले ध्यान नदिदना भार्मिर तथा सांस्कृतिक सम्पदाहरुको बेहाल भएको हो ।
ऐतिहासिक भोपुर दरबार संरक्षणको पर्खाइमा छ । जिम्मेवारहरुको कानमा बतास नचल्दा दरबार जिर्ण बन्दै गएको छ । चुनावका बेला दलका नेतालाई भोट माग्ने गज्जबो विषय थियो, भोपुर दरबार । तर चुनाव सकिएको २ वर्ष बढी भयो, दरबारको विषयमा बोल्न कसैलाई फूर्सद छैन । निर्वाचनको बेला सम्पदाहरुको संरक्षणमा लाग्ने बाचा गरेर हिडेका दलका नेता अहिले बेखबर भएको स्थानीय बताउछन् । कसैको ध्यान नपुग्दा ऐतिहासिक दरबार जीर्णबन्दै गएका छन् । तत्कालीन बझाङ्गी राजाहरुलेनिर्माण गरेका दरवारहरुको अस्तित्व अझै छ, बझाङमा भएका ऐतिहासीक वस्तुहरु सँङ्ग्रालयको रुपमा विकास गर्नुपर्ने भएपनि दरवार सँरक्षणमा स्थानीय सरकारले समेत बेवास्ता गरेको छ ।
संरक्षण र सम्बद्धनको अभावमा दिनानुदिन जीर्ण बन्दै गएको भोपुर दरवार संरक्षणको पर्खाइमा रहेको छ । अव पनि यस दरवारको जीर्णद्धार नगरिए यसको अस्तित्व नै नामेट हुने बताउ“छन् जय पृथ्वी बहुमुखी क्याम्पस बझाङका पुर्व क्याम्पस प्रमुख केशवराज जोशी । यस्तो ऐतिहासिक र पुरातात्विक सम्पदालाई सरोकार वाला निकाएहरुले बेवास्ता गर्दा दरवार जीर्ण बन्दै गएको छ । ऐतिहासिक महत्व राख्ने भोपुर दरवारको संरक्षण र सम्बद्र्धन गर्न सम्बन्धीत निकाएको ध्यान पुग्न जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्