ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेवामा अब्बल बन्दै राप्ती आखाँ अस्पताल (भिडियोसहित)


एबीसी न्यूज
१० भदौ २०७६, मंगलबार   १ : ४८   बजे

राप्ती, १० भदौ । राप्ती आ“खा अस्पताल तुलसीपुर दाङमा आखाँका विरामीहरु ह्वात्तै बढेका छन । अन्य समयमा भन्दा बर्षायाममा विरामहरु बढ्ने गरेको अस्पतालले जनाएको छ । वर्षायाममा पानी तथा अन्य कारणले आंखामा रोग तथा सक्रमण बढि हुने गरेको छ । अस्पतालले बिरामीको राम्रो उपचार गरेको भन्दै बिरामीले अस्पतालको प्रशंशा समेत गरेका छन् ।

आखाँका विरामी दिन प्रति दिन बढ्दै गएको राप्ती आँखा अस्पताल रक्षाचौरले जनाएको छ । दैनिक जसो ६/७ जना विरामीहरु उपचारका लागि अस्पतालमा आउने गरेको अस्पतालका प्रमुख निर्देशक डा. सुलक्ष्मी कटुवालले जानकारी दिईन । अन्य समयमा भन्दा अहिलेको समयमा दाङ जिल्ला लगाएत अन्य छिमेकी जिल्लाका विरामीहरु पनि धेरै आउने गरेको उनको भनाई छ । यो सिजन भनेको आखाँ पाक्ने सिजन भएकाले पनि विरामीहरु दैनिक जसो बढ्दै गएको उनले बताईन । विशेष गरी आइतवार र सोमवारको दिन अझ धेरै विरामीहरु आउने गरेको उनको भनाई छ । बर्षायाममा पानी दुषित हुन्छ, धुलो मिसिएको पानी आखाँमा परे संक्रमण हुने भन्दै उनले यो समयमा विशेष ध्यान दिनु पर्ने समेत बताईन ।

त्यसैगरी आखा पाक्ने रोग सरुवा रोग भएकाले एउटा व्यक्तिबाट अर्काे व्यक्तिमा रोगका जिवाणु सजिलै सर्न सक्छ । त्यसैले आ“खा चिलाउने, विझाउने र कचेडा लाग्ने जस्ता लक्षण देखापरेमा समयमै आँखा अस्पतालमा पुगेर उपचार गराउन र हेलचेक्र्याइ नगर्न चिकित्सकले सुझाव दिएका छन् । आखामा समस्या भएपछि उपचार गर्न आएका जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालीले विरामीहरु धेरै भएका कारण घन्टौ लाइन बस्नु परेको बताए । उनले विरामीको चाप धेरै भएता पनि अस्पतालले सेवा राम्रो प्रदान गर्ने गरेको समेत बताए । तुलसीपुर ३ का तेज बहादुर केसीले आखा पाकेकाले चेक जाच गराउन आएको बताए ।

उनले पनि विरामीहरुको चाप धेरै भएकाले घण्टौ सम्म लाइनमा बस्नु परेको दुखेसो पोखे । राप्ती आखा अस्पातल र बहादुरगंज आखा स्वास्थ्य कार्यक्रम अन्र्तगत सन् २०१८ मा दाङ लगाएत अन्य जिल्लामा गरिएको स्वास्थ्य कार्यक्रममा २ लाख ८२ हजार ५३९ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यसैगरी १३ हजार ६६१ जनाको मोतिविन्दुको अप्रेशन भएको र सामान्य अप्रेशन २ हजार ५६८ जनाको भएको अस्पतालका प्रशासकिय अधिकृत किरण पौडेले जानकारी दिए ।

त्यसैगरी राप्ती आखाँ अस्पतालवाट सन् २०१८ मा ७९ हजार ९२९ जनाले सेवा लिएकामा मोतिविन्दुको १ हजार ८५३ जनाको अप्रेशन भएको उनले बताए । सन् २०१७ मा ७६ हजार ९२९ जनाले सेवा लिएका र १ हजार ९८७ जनाको मोतिविन्दुको अप्रेशन भएको अधिकृत पौडेल बताउ“छन् । सन् १९८६ मा स्थापना भएको राप्ती आखा अस्पातल आ“खाका बिरामीहरुका लागि बरदान नै सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group