राप्ती, १० भदौ । राप्ती आ“खा अस्पताल तुलसीपुर दाङमा आखाँका विरामीहरु ह्वात्तै बढेका छन । अन्य समयमा भन्दा बर्षायाममा विरामहरु बढ्ने गरेको अस्पतालले जनाएको छ । वर्षायाममा पानी तथा अन्य कारणले आंखामा रोग तथा सक्रमण बढि हुने गरेको छ । अस्पतालले बिरामीको राम्रो उपचार गरेको भन्दै बिरामीले अस्पतालको प्रशंशा समेत गरेका छन् ।
आखाँका विरामी दिन प्रति दिन बढ्दै गएको राप्ती आँखा अस्पताल रक्षाचौरले जनाएको छ । दैनिक जसो ६/७ जना विरामीहरु उपचारका लागि अस्पतालमा आउने गरेको अस्पतालका प्रमुख निर्देशक डा. सुलक्ष्मी कटुवालले जानकारी दिईन । अन्य समयमा भन्दा अहिलेको समयमा दाङ जिल्ला लगाएत अन्य छिमेकी जिल्लाका विरामीहरु पनि धेरै आउने गरेको उनको भनाई छ । यो सिजन भनेको आखाँ पाक्ने सिजन भएकाले पनि विरामीहरु दैनिक जसो बढ्दै गएको उनले बताईन । विशेष गरी आइतवार र सोमवारको दिन अझ धेरै विरामीहरु आउने गरेको उनको भनाई छ । बर्षायाममा पानी दुषित हुन्छ, धुलो मिसिएको पानी आखाँमा परे संक्रमण हुने भन्दै उनले यो समयमा विशेष ध्यान दिनु पर्ने समेत बताईन ।
त्यसैगरी आखा पाक्ने रोग सरुवा रोग भएकाले एउटा व्यक्तिबाट अर्काे व्यक्तिमा रोगका जिवाणु सजिलै सर्न सक्छ । त्यसैले आ“खा चिलाउने, विझाउने र कचेडा लाग्ने जस्ता लक्षण देखापरेमा समयमै आँखा अस्पतालमा पुगेर उपचार गराउन र हेलचेक्र्याइ नगर्न चिकित्सकले सुझाव दिएका छन् । आखामा समस्या भएपछि उपचार गर्न आएका जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालीले विरामीहरु धेरै भएका कारण घन्टौ लाइन बस्नु परेको बताए । उनले विरामीको चाप धेरै भएता पनि अस्पतालले सेवा राम्रो प्रदान गर्ने गरेको समेत बताए । तुलसीपुर ३ का तेज बहादुर केसीले आखा पाकेकाले चेक जाच गराउन आएको बताए ।
उनले पनि विरामीहरुको चाप धेरै भएकाले घण्टौ सम्म लाइनमा बस्नु परेको दुखेसो पोखे । राप्ती आखा अस्पातल र बहादुरगंज आखा स्वास्थ्य कार्यक्रम अन्र्तगत सन् २०१८ मा दाङ लगाएत अन्य जिल्लामा गरिएको स्वास्थ्य कार्यक्रममा २ लाख ८२ हजार ५३९ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यसैगरी १३ हजार ६६१ जनाको मोतिविन्दुको अप्रेशन भएको र सामान्य अप्रेशन २ हजार ५६८ जनाको भएको अस्पतालका प्रशासकिय अधिकृत किरण पौडेले जानकारी दिए ।
त्यसैगरी राप्ती आखाँ अस्पतालवाट सन् २०१८ मा ७९ हजार ९२९ जनाले सेवा लिएकामा मोतिविन्दुको १ हजार ८५३ जनाको अप्रेशन भएको उनले बताए । सन् २०१७ मा ७६ हजार ९२९ जनाले सेवा लिएका र १ हजार ९८७ जनाको मोतिविन्दुको अप्रेशन भएको अधिकृत पौडेल बताउ“छन् । सन् १९८६ मा स्थापना भएको राप्ती आखा अस्पातल आ“खाका बिरामीहरुका लागि बरदान नै सावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्