ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनका ५२ मतदानस्थल अतिसंवेदनशील


admin
१३ कार्तिक २०७४, सोमबार   ३ : २४   बजे

रत्ननगर, चितवन, १३ कात्तिक ।  चितवनका १६१ मध्ये ५२ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

सुरक्षा समितिका सदस्य तथा प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भारतीय सीमा नाका जोडिएका, भौगोलिक विकटता भएका र विगतको निर्वाचनमा केही असहज परिस्थिति देखिएका मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो ।

सो मतदानस्थलमा प्रहरी निरीक्षककै नेतृत्वमा जनपद र म्यादी प्रहरी परिचालन हुने थापाले जानकारी दिनुभयो । यसपालि मतदाताको आधारमा न्यूनतम ११ जनादेखि अधिकतम ५० जनासम्म प्रहरी मतदान केन्द्रमा खटिने छन् ।

सशस्त्र प्रहरी र नेपाली सेनाको अर्काे तहको घेरा भने यथावत् रहने उहाँले बताउनुभयो । जिल्लामा १६१ मतदानस्थलमध्ये १०९ मतदानस्थललाई भने संवेदनशील क्षेत्रमा राखिएको छ ।

जिल्लाका कुनै पनि मतदानस्थललाई सामान्यको सूचीमा नराखेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले बनाएको सुरक्षा योजनाअनुसार निर्वाचनपूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात्का फरक फरक सुरक्षा योजना बनाइएको उहाँले बताउनुभयो ।

पूर्व सुरक्षा योजनाको काम पूरा भएर प्रहरीले निगरानी थालेको बताउँदै प्रजिअ भटृले यसपटकको १६१ मतदानस्थलको ४०८ मतदान केन्द्रमा चार घेरामा सुरक्षाकर्मी परिचालन हुने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार मतदान केन्द्रको पहिलो घेरामा म्यादी प्रहरीसहितका जनपद प्रहरी, त्यसपछि सशस्त्र प्रहरी, त्यसपछि सेना र आवश्यकताअनुसार अनुसन्धान टोली परिचालन गरिनेछ । महिला प्रहरी हरेक केन्द्रमा अनिवार्य रहने छन् ।

जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक थापाले बताउनुभयो । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन हुनेछन् ।

तीन निर्वाचन क्षेत्र रहेको चितवन जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् । चितवनमा दोस्रो चरणमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

बालेन–रवि सम्बन्धमा चिसोपन ? सुकुमवासीदेखि पासपोर्ट विवादसम्म पाँच मुद्दामा बढ्यो दूरी

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी

दलाई लामासम्बन्धी गतिविधिले परराष्ट्र नीतिमा प्रश्न उठाएको नारायणकाजीको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu