ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीप दुर्घटनामा एकको मृत्यु


एबीसी न्यूज
११ भदौ २०७६, बुधबार   १२ : २१   बजे

डडेल्धुरा, ११ भदौ डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १ ज २१० नं को जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ ।
अजयमेरु देवलबाट सवारी बोकी जिल्ला सदरमुकाम आउने क्रममा भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा उक्त जीप दुर्घटना भएको स्थानीय रमेश मल्लले बताउनुभयो ।
घटनास्थलमै गाडीमा च्यापिएर चन्दको मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक ददीराम न्यौपानेले बताउनुभयो ।
अहिले उद्धारमा स्थानीय जनप्रतिनिधि तथा अन्यको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी उद्धारका लागि खटिएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ । घाइतेमध्ये दुई जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ । उक्त जीपमा करीब २२ जना सबार रहेको बताइएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन । क्षमताभन्दा बढि यात्रु र कच्ची बाटोका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu