पाल्पा, ११ भदौ । पाल्पाको रम्भा गाउ“पालिकामा एक जना छात्राको एक्कासी ढलेर मृत्यु भएको छ ।
रम्भा माध्यमिक बिद्यालय रम्भा गाउ“पालिका तनहु“मा कक्षा १० मा अध्ययनरत कमला फाल आज बिहान पौने ८ बजेतिर बिद्यालयमा ट्युसन पढ्न आउने क्रममा बिद्यालयकै नजिकै एक्कासी बेहोस भएको विद्यालयले जनाएको छ । उनका ९ जना सहपाठी साथीहरु समेत रुदा रुदै बेहोस भएका छन । बेहोस भएकी छात्रा फालको प्राथमिक स्वास्थ्य केन्द्र तनहु“मा उपचार हुन सम्भव नभएपछि तत्कालै लुम्बिनी मेडिकल कलेज पठाइएपनि बाटोमै मृत्यु भएकोे बिद्यालयका प्रधानाध्यापक तुल्सी अर्यालले बताउनुभयो ।
उनी बिद्यालयबाट करिव २ सय मिटर पर बाटोमा घरबाट बिद्यालय जादै गर्दा ढलेकी थिइन । आफ्नो साथी ढलेको देखेपछि आत्तिएर उनका साथीहरु पनि बेहोस भएका थिए । उनीहरु मध्ये ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । थप बिबरण भने आउन बा“की छ ।
प्रतिक्रिया दिनुहोस्