काठमाडौं, ११ भदौ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
केहिबेरमा बस्ने बैठकमा भ्रातृसंगठनबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार आज भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । साउन २९ मा स्थगित बैठककै निरन्तरताकै रूपमा बैठक बस्न लागेको हो । यसको तयारीस्वरूप कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा छलफल हुने एजेन्डाबारे अनौपचारिक समझदारी जुटाउने प्रयास गर्नुभएको छ । एकैपटक बैठकमा छलफल सुरु गर्दा विवाद बढेपछि देउवाले बैठकअघि नै अनौपचारिक सहमति जुटाउन प्रयास गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवाले पार्टी पदाधिकारी, वरिष्ठ नेतासहितको शीर्ष बैठक राखेर केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल गर्नुभएको थियो । बैठकमा विघटित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हु“दैछ ।
प्रतिक्रिया दिनुहोस्