ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी प्यालेस र क्याफेलाई तत्काल सुधार गर्न निर्देशन


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   १ : १९   बजे

काठमाडौं, ११ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको व्यापारिक केन्द्र बनेपामा रहेको दुई पार्टी प्यालेस र एक क्याफेलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ ।

उपभोक्तासँग प्रत्यक्ष जोडिने पाटी प्यालेस, होटल र क्याफेको गरी १५ वटाको अनुगमन निरीक्षण गरिएकामा ती तीन वटा मापदण्ड नै पूरा नगरी सञ्चालन गरेको पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, बनेपा नगरपालिका, उद्योग वाणिज्य सङ्घ र काभ्रे होटल तथा रेस्टुराँ व्यवसायी सङ्घ लगायतको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा पुलबजारमा रहेको पञ्चकन्या बैक्वेट प्राली र चैतन्य रोडमा रहेको बनेपा पाटी भेन्यु रहेको छ भने बनेपा तीन दोबाटोमा रहेको सिटी फुड क्याफे रहेका छन् । ती पार्टी प्यालेसमा न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएकाले दुवैलाई तीन दिनभित्रमा कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलका प्रमुख शिवप्रसाद भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार सिटी फुड क्याफेले सरसफाइ नगर्नुका साथै मापदण्डसमेत पूरा नगरेको पाइएको उहाँले बताउनुभयो । भण्डारीले भन्नुभयो, “१५ दिनभित्रमा उहाँहरुले सुधार गर्न निर्देशन दिएका छौँ, यदि त्यो समयभित्रमा पनि सुधार गरेन भने बन्द गर्नका लागि सिफारिस गर्नेछौँ ।”

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको खाद्य स्वच्छताका आधारमा होटल स्तरीकरण एवं लोगो वितरण कार्यक्रमअन्तर्गत निर्देशिकाले उल्लेख गरेका ५० वटा सुचकका आधारमा बनेपाको होटल तथा पार्टी प्यालेसको अनुगमन तथा निरीक्षण गरेको हो । सो क्रममा ५० नम्बरभन्दा माथि अङ्क प्राप्त भएमा मात्रै तिनीहरुलाई स्तरीकरण गरेर लोगो वितरण गर्न सकिने आधार भएकाले सोअनुसार काम गरेको छ । ती दुवै पाटी प्यालेसले ३८ अङ्कभन्दा माथि नल्याएको जनाएको छ ।

पाटी प्यालेसको भान्सा घर सुरक्षित नभएको, फोहर व्यवस्थापनमा कमजोर रहेको, भान्सामा काम गर्ने कुक र कामदारले प्रयोग गर्नुपर्ने एप्रोनलगायत सुरक्षाका लागि प्रयोग गर्नुपर्ने सामग्री प्रयोग नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ । जसमध्ये बनेपा पाटी भेन्युले नगरपालिकामा नक्सा नै पास नगरी संरचना निर्माण गर्नुका साथै नगरपालिकामा व्यवसायी दर्तासमेत नगरी सञ्चालन गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group