ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरहरा निर्माणमा ठेकेदारको मनोमानी, स्थानीय जनता आक्रोशित (भिडियोसहित)


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   १ : ५१   बजे

काठमाडौं, १२ भदौ ।स्थानीय बासिन्दा, सरकार र पुननिर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनबीच अझै पनि ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय सम्पदा धरहरा पुननिर्माणको विषयमा विवाद भईरहेको छ । धरहराको मौलिक एवम् साँस्कृतिक सभ्यता मासेर आधुनिक झिल्के टावरको निर्माण गरिरहेको भन्दै स्थानीयबासीहरुले आरोप लगाएका छन् छन् । स्थानीय जनताले ठेकेदार कम्पनीले धरहराको नाममा मनमौजी गरिरहेको पनि आरोप लगाएका छन् ।

२०७२ को भुकम्पले तहसनहस बनाएको ऐतिहासिक, साँस्कृतिक एवम् पर्यटकीय सम्पदा धरहरा ४ वर्ष पुरा भईसक्दा पनि पुननिर्माण हुन सकेको छैन । धरहराको पुननिर्माणको जिम्मेवारी पाएको रमन कन्स्ट्रक्सनले पाएको थियो । तर, ठेकेदार कम्पनीको मनोमानीका कारण न त ऐतिहासिक सम्पदा समयमा पुरा हुने देखिएको छ, नत, धरहराको सांस्कृतिक सम्पदासंग जोडिएका स्थानीय जनताको माग पुरा हुनेभएको छ । धरहरामा जे भैरहेको छ, कमिशन खुवाउंदै निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको मनलाग्दी मात्रै छ । परिणाम, धरहरा पुनर्निर्माणको काम अलपत्र जस्तै बनेको आमगुनासो छ ।

वि.सं.१८८२ मा तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले बनाएको ११ तलाको धरहरा वि.सं. १९९० सालको भुकम्पले भत्काएको थियो । राणाकालमा भत्किएको सो धरहराको मौलिक स्वरुपसहितमा जुद्ध शम्शेरले २ वर्षमै ९ तलाको धरहराको पुननिर्माण गरेका थिए । तर, अहिलेको वैज्ञानिक युगमा भने समयमै धरहराको पुननिर्माण हुन नसक्नु लज्जाको विषय हो । धरहरालाई हामी धरहरा भन्न नै रुचाउँदैनौं, धरहराको काम पुननिर्माण भएको छैन । धरहराको नाममा आधुनिक टावर बनाउने काम भईरहेको छ । जुन प्राचिन स्मारक संरक्षण ऐन विपरीत् पनि छ । जनतासंग समन्वय नगरी बनाईंदै गरेको टावरसंग स्थानीय जनता असन्तुष्ट छन् ।

काठमाडौं महानगरपालिका वडा नं.२२ मा अवस्थित धरहरा परिसरमा विशेषगरी, नेवार समुदायको धार्मिक, साँस्कृतिक पक्षहरुको पनि घनिष्ट सम्बन्ध रहेको छ । यही परिसरको बाटो भएर नेवार समुदायको मर्दा–पर्दा र विभिन्न समयमा झाँकी प्रदर्शन लगायत जात्राहरु हुने गर्दछ । राष्ट्रिय विभूति भिमसेन थापाले यी सबै विशेषतालाई महत्वका साथ धरहरा निर्माण गरेका थिए । तर यो झिल्के टावरले ऐतिहासिक महत्व पनि मास्दै छ, स्थानीयहरुको गुनासो छ । ठेकेदारले धरहरा आसपासको सबै क्षेत्र कब्जा गरेको छ । त्यतिमात्र होइन, टुंडिखेल पनि ठेकेदारले कब्जा गरेको छ । पर्यटकहरुले पनि देशको विशेषता, मौलिकता र पृथकता बुझ्न आउँछन्, तर टावरै टावर बनेपछि ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरुको मौलिकता मासिनेमा स्थानीय चिन्तित छन् ।

धरहरा पुननिर्माणका व्यवस्थापक तथा रमन कन्स्ट्रक्सनका ईन्जिनियर श्याम चन्द्र श्रेष्ठ भने धरहराको प्राचिन मौलिकतालाई संरक्षण गर्दै स्थानीयहरुको हकहितकै लागि धरहरा पुननिर्माणको काम तीव्र रुपमा अगाडि बढीरहेको दाबी गर्छन् । ४२ दशमलव ५ रोपनीको क्षेत्रफलमा ३ सयभन्दा बढी कार ७ वटा मोटरसाईकल अट्ने पार्किङसहितको बाहिरबाट ११ तला देखिने भित्र २२ तलाको धरहरा ७९ दशमलव २ मिटरको उचाईमा भैरहेको निर्माण अबको डेढ दुई वर्षभित्र धरहराको पुननिर्माणको काम सम्पन्न हुने श्रेष्ठले दाबी गरे ।

काठमाडौं महानगरपालिका वडा नं.२२ का वडाअध्यक्ष चिनीकाजी महर्जनले भने धरहरा पुननिर्माणमा स्थानीयहरुको साथ, सहयोग प्राप्त भईरहेको दाबी गर्छन् । धरहराको प्राचिन मौलिकता संरक्षण हुने गरि नै समयसिमाभित्रै धरहरा पुननिर्माणका लागि हामी लागिरहेको महर्जन बताउँछन् ।

स्थानीयहरुको अवरोधका कारण धरहरा पुननिर्माणमा ढिलाई भईरहेको भन्ने कुरामा वडासदस्य चन्द्रमान तुलाधार असहमत छन् । हामीले धरहरा पुननिर्माणको लागि सघाईरहेका छौं । विशेषगरी धरहरा परिसरमा बाटोको समस्या छ । यसको पुननिर्माण काम छिटोभन्दा छिटो हुनुपर्छ । यो झिल्के टावर नभै दोस्रो धरहरा नै बन्दै गरेको वडासदस्य तुलाधर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group