काठमाडौं, १२ भदौ । जलवायु परिर्वतनका कारण विश्वभर नै मानविय स्वास्थ्यका क्षेत्रमा चुनौती थपिदै गएको छ ।
जलवायु परिर्वतनका कारण पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नया रोगहरु देखा परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राजधानीमा गरेको स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनका कारण नया नया रोगहरुको प्रकोप बढ्दै गएको बताउनुभयो । उहाँले सन् २००० यता २१ वटा नया रोगहरु देखा परेको बताउनुभयो । छिमेकी मुलुकमा देखिदै आएको डेंगु ८/१० बर्षभित्र विश्वका २५/३० वटा मुलुकमा पुगेको बताउनुभयो । जलवायु परिर्वतनका कारण मानविय स्वास्थ्यमा गंम्भीर समस्या देखिने क्रम बढेको भन्दै उहाँले प्रभाव न्यूनीकरण गर्ने उपायबारे सबै क्षेत्र र वर्गबाट पहल गर्नुपर्ने आवश्कता औल्याउनुभयो ।
उहाँले सन् २००४ मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको तथा कालाजार र औलोको समस्या पनि पुन देखा परेको भन्दै समयमै ध्यान पुर्याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।मन्त्रालयले जलवायु परिर्वतनबाट उत्पन्न स्वास्थ्य समस्या, सम्बोधन र भविश्यमा अपनाउनुपर्ने रणनीति लगायत विषयमा सरोकारवाला पक्षसंग छलफल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्