ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   ३ : ४९   बजे

काठमाडौं, १२ भदौ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समितिको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । उहाँले प्रतिवेदन पेश गर्दै पक्ष–विपक्षको हेराइ, बुझाइ र सोचाइभन्दा माथि उठेर समितिले काम गरेको तथा प्रतिवेदन तयार गरेको स्पष्ट पार्नुभयो ।

समितिको पहिलो बैठक विसं २०७५ साउन २२ गते बसेको थियो । आव २०७५/७६ को अन्त्यसम्म समितिका ३२ बैठक सम्पन्न भएको थियो । समितिले पाँच मन्त्रालयसित सम्बन्धित २१ राष्ट्रिय गौरवका आयोजनालाई अझ प्रभावकारी बनाउन छलफल गरेको थियो । साथै सातै प्रदेशमा प्रादेशिक अन्तरक्रियासमेत सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले मन्त्रालय एवम् निकायगत कार्यक्षेत्र व्यवस्था हुनुपर्ने र कार्यक्षेत्रका विषय स्पष्ट हुनुपर्ने सुझाव दिएको छ ।

समितिका लागि प्रविधिमैत्री सभा कक्ष निर्माण गर्नुपर्ने, समितिको स्थलगत अनुगमनलगायत अन्य महत्वपूर्ण संसदीय गतिविधिका लागि तत्काल खर्चको कार्यविधि निर्माण गर्नुपर्ने, हरेक मन्त्रालयमा संसदीय कक्ष स्थापना गरी समिति र मन्त्रालयबीच निरन्तर संवाद र समन्वय प्रक्रिया थालनी गर्नुपर्ने, समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयनको प्रतिबद्धता आउनुपर्ने र कार्यान्वयनको अवस्थाका बारेमा समितिलाई समयसमयमा जानकारी दिनुपर्ने पनि समितिले सुझाव दिएको छ ।

समितिका सदस्यमा इन्दु कडरिया, खिमलाल भट्टराई, जीवन बुढा, धनकुमारी खतिवडा, रमेशप्रसाद यादव, रामचन्द्र राई, सुरेन्द्रराज पाण्डे, कोमल ओली, खेमराज नेपाली, दीपा गुरुङ, बद्रीप्रसाद पाण्डे, राजकुमार कुँवर र रामप्रीत पासवान हुनुहुन्छ । यसैगरी बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group