बुटवल, १२ भाद्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयले मालापोत कार्यालय बुटवलबाट घुस लिंदै गरेको अवस्थामा एक जना कर्मचारी सहित २ जनालाई नियन्त्रणमा लिएको छ । आज मध्यान्ह छापा हान्न पुगेको अख्तियारको बुटवलको टोलिले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसवायी कमल प्रसाद पाण्डेलाई १ लाख २० हजार घुस सहित पक्राउ गरेको छ ।
बिहीबार मालपोत कार्यालय बुटवल, अगाडि रहेको ढकाल पाण्डे लेखापढी सेवाबाट सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्यितारको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।
पक्राउ परेका पाण्डे द्वयमाथि थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिनुभयो । केही दिन अगाडि राष्ट्रिय अनुसन्धानका कर्मचारी विरेन्द्र पाण्डेलाई पनि अख्यितारले घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्