ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   ५ : ५०   बजे

काठमाडौं, १२ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले आर्थिक कूटनीतिलाई समेत केन्द्रमा राखेको र आफ्ना गतिविधिलाई सोही आधारमा केन्द्रीकृत गरेको जानकारी दिनुभयो । लगानी सम्मेलन जस्ता अन्तर्राष्ट्रियस्तरका सम्मेलनले समेत सकारात्मक वातावरण बनाएको उहाँको भनाइ छ ।

नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको, निजी क्षेत्रलाई समेत निश्चित भूमिका दिएको उहाँले उल्लेख गर्नुभयो । विदेशी स्वामित्वका बैंक तथा वित्तीय संस्थाबाट प्रविधि हस्तान्तरण भएको, दक्ष जनशक्ति उत्पादनमा समेत त्यसले भूमिका निर्वाह गरेको भन्दै उहाँले विदेशी स्वामित्वका संस्थाहरु खराब मात्रै हुन्छन् भन्ने मान्यता राख्न नहुने बताउनुभयो ।

विदेशी लगानीको भए पनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानून, विधि र प्राथमिकताअनुसार सञ्चालन हुने गरेको भन्दै द्विविधा राख्न नहुने अर्थमन्त्रीले उल्लेख गर्नुभयो ।

सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाले आवश्यक तयारी गरेको जानकारी सरकारलाई गराएको भन्दै उहाँले प्रचारप्रसारको अभावमा सरोकार भएका सबैले सो विषयमा आवश्यक जानकारी पाउन नसकेको पनि हुन सक्ने बताउनुभयो ।

सहुलियतपूर्ण कर्जा लिएर कृषि क्षेत्रमा लागेकाहरुले राम्रो प्रतिफल पाउन थालेको भन्दै मन्त्री डा खतिवडाले चालू आर्थिक वर्षमा सो कार्यक्रमले थप प्रभाव देखाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कतिपय दातृ निकायका सर्तका कारण पनि भूकम्पपछिको पुनः निर्माणलगायतका विषयमा प्रतिबद्धता अनुसारको रकम प्राप्त हुन नसकेको बताउनुभयो । अर्थमन्त्री डा खतिवडालाई सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, महेश बस्नेतलगायतले प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group