ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् आपूर्ति नियमित गर्न माग


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   ६ : ५२   बजे

काठमाडौं, १२ भदौ । विद्युत्भार कटौती अन्त्य भएको लामो समय भइसक्दासमेत शहरी क्षेत्रमा अघोषित रुपमा विद्युत् कटौती भइरहेकामा प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको छ । बैठकको विशेष समयमा सत्तारूढ दलकै पम्फा भुसालले बिनासूचना विद्युत् काटिँदा जनजीवन प्रभावित भएको भन्दै पटकपटक बत्ती जाने समस्या समाधान गरी विद्युत् आपूर्ति नियमित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले अनियमित रुपमा के कारणले विद्युत् काटिने गरेको छ भन्ने प्रश्न गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा जलविद्युत्को ठूलो सम्भावना भए पनि अझै बिजुलीको मूल्य महँगो छ भन्दै उहाँले जलविद्युत् आयोजना सरकार आफैँले उत्पादन र वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले सस्तो लागतमा बन्ने बिजुलीका आयोजना निर्माण शुरु गरी जनतालाई सस्तोभन्दा सस्तो दरमा बिजुली उपलब्ध गराउन माग गर्नुभयो ।

राजपाका महीन्द्र राय यादवले लामो समयदेखि अलपत्र हुलाकी राजमार्गको निर्माण तत्काल सम्पन्न गर्न माग गर्नुभयो । नेपालकै ‘लाइफ लाइन’ हुलाकी राजमार्गको आयोजना तत्काल सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्न माग गर्नुभयो । सांसद पुष्पा भुसालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न माग गर्नुभयो । सांसद प्रेम सुवालले गैरसरकारी संस्थाका वित्तीय विवरणलाई पारदर्शी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रेम गिरीले उपचारका क्रममा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताप्रतिको चिन्ता र जिम्मेवारी बोधका साथ आधुनिक प्रविधिको प्रयोग गरी देशका बारेमा चासो राख्नु अत्यन्त सान्दर्भिक र स्वागतयोग्य भएको बताउनुभयो । उहाँले नयाँ प्रविधिको प्रयोगसँग डराउने, उही पुरानै संरचना, कार्यशैली कार्यविधिबाट अगाडि बढ्नुपर्छ भन्ने प्रतिपक्षको भनाइ ‘महारोग’ भएको टिप्पणी गर्नुभयो । उहाँले भ्रमको खेती गरी जनतामा निराशा पैदा नगर्न प्रतिपक्षलाई आग्रह गर्नुभयो ।

सरकारले प्रतिपक्षसँग सहकार्य नगरी एक्लै हिँड्ने प्रयास गरेको छ भन्दै काँग्रेसका सञ्जयकुमार गौतमले प्रतिपक्ष दलको सहभागिताविना मुलुक बन्न नसक्ने बताउनुभयो । नीतिगत रुपमा भ्रष्टाचार बढेको छ भन्दै उहाँले भ्रष्टाचारविरुद्धको अग्निपरीक्षाका लागि सबै तयार हुनुपर्ने बताउनुभयो ।

सांसद नवराज सिलवालले मलेसियाका एक सांसदले विसं २०७० देखि २०७५ सम्म वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारसँग नेपाल र मलेसिया सरकारका उच्च अधिकारीको मिलेमतोमा अनधिकृत रुपमा अर्बौं रुपैयाँ उठाएको भन्ने विषयमा नेपाल सरकारले किन छानबिन नगरेको भन्ने जिज्ञासा इमेलमार्फत राखिएको जानकारी गराउनुभयो ।

नेपाल र मलेसिया सरकारबीच श्रम समझदारी हुनुभन्दा अगाडि दुवै मुलुकका उच्च अधिकारीबीचको मिलेमतोमा नेपाली कामदारमाथि आर्थिक शोषण गर्नेगरी भिएलएन भन्ने संस्था खडा गरिएको भन्ने व्यहोरासहितको पत्र प्राप्त भएको उहाँले बताउनुभयो । मलेसियामा भिएलएन प्रक्रियामा संलग्न भएको आरोपमा उच्च राजनीतिक नेतृत्वमाथि कारवाही भएको तर नेपालमा कोही कसैमाथि पनि अनुसन्धान नभएको भन्दै उहाँले यस घटनाले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि नराम्रो भएको टिप्पणी गर्नुभयो । उहाँले घटनामा संलग्न उच्चपदस्थ अधिकारी र ती अधिकारीलाई संरक्षण गर्ने राजनीतिक व्यक्तिमाथि तत्काल छानबिन गरी कारवाही गर्न माग गर्नुभयो ।

सो घटनामा संलग्न भएको आरोपमा मलेसियाका पूर्वउपप्रधानमन्त्रीलाई भ्रष्टाचार आरोपमा गत असार ९ गते मलेसिया सरकारले नियन्त्रणमा लिइसकेको छ । नेपाल सरकारले पनि २०७५ जेठमा मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा चर्को शुल्क असुलिएको भन्दै भिएलएनलगायत संस्था खारेज गरी कामदार पठाउन रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu