ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाको १ सय ३४ स्थानमा ‘शक्तिशाली बम’ ! मापदण्ड विपरितका पम्पले राजधानी असुरक्षित बन्दै (भिडियोसहित)


एबीसी न्यूज
१३ भदौ २०७६, शुक्रबार   १० : ४३   बजे

काठमाडौं, १३ भदौ । डिजेल, पेट्रोलजस्ता इन्धन बोक्ने ट्याङ्करमा लेखिएको हुन्छ, ‘अत्यधिक प्रज्ज्वलनशील ।’ अर्थात् यो एकदमै छिटो बल्न सक्छ । यस्ता इन्धनले चाँडै आगो समात्न सक्छ र आगोको नजिक परेमा चाँडै समात्न सक्छ ।

अत्यधिक प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भनेपछि यसको प्रयोग र भण्डारणमा पनि विशेष सुरक्षा अपनाउनु पर्ने नै हो ।

तर काठमाडौँ उपत्यकाका १ सय ३४ स्थानमा रहेका पेट्रोल पम्पले न्यूनतम सुरक्षा व्यवस्था नगर्दा यसले भविष्यमा गम्भीर खतराको घण्टी बजाइरहेको छ ।

उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्प जोखिममा रहेका छन् । अति प्रज्ज्वलनशील पदार्थ बिक्री–वितरण गर्ने स्थल मापदण्डअनुसार सञ्चालन नहुँदा यसले गम्भीर सुरक्षा खतरा बढाएको छ ।

‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली –२०७५’ अनुसार, पेट्रोलियम पदार्थ बिक्रेताको लागि उपत्यकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा ७ सय ५० वर्ग मिटर अर्थात् ८ आना जग्गा र सडकतर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । तर उपत्यकामा सञ्चालित १ सय ३४ वटै पेट्रोल पम्पलाई यो विनियमावलीले छुन सकेको छैन ।

समयको मागअनुरुप जथाभाबी निर्माण गरिएका पेट्रोल पम्पहरुलाई व्यवस्थित गर्न सरकारले नमुना पेट्रोलपम्पको अवधारणा ल्याएको छ । तर क्षेत्रफल अभाव लगायत विविध कारणवश यो अवधारणा कार्यन्वयन हुन सकेको छैन ।

अझ, काठमाडौंको सघनबस्ती भित्रै अवस्थित पम्पहरु त मानवबस्तीका लागि असुरक्षित छन् । पेट्रोल पम्पहरु सार्वजनिक सडक किनारामै रहेका कारण सडक विस्तार तथा पूर्वाधार निर्माणमा पनि अवरोध भैरहेको छ ।
मुलुकभर पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल बेच्ने करिब १४ सयको हाराहारीमा पम्पहरु छन् ।

पेट्रोलियम पदार्थ बिक्रीस्थलमा कार्यालय, बिक्री कक्ष, पिउने पानी, अपांगमैत्री शौचालयदेखि पूर्वाधार निर्माण र क्षेत्रफलको विषयमा मापदण्ड तय भएको छ । तर, उपत्यका भित्रका अधिकांश पेट्रोल पम्पहरुले नै यो मापदण्ड पालना गरेका छ्रैनन् ।

उपत्यकाभित्र मापदण्डअनुसार पेट्रोल पम्पहरुको व्यवस्थापन गरिएको छैन । बालाजुचोकबाट सोह्रखुट्टेतर्फ जांदा बाटैमा एउटा कोतःधुकु आयल स्टोर्स छ । यो स्टोर्स स्थापना भएको ४ वर्षपछि वि.सं. २०४७ सालमा सडक किनारबाट केही भित्र यसैको पल्लोपट्टि ‘फ्यूल डिस्पेन्सर’ राखेर चक्रपथ फ्यूल सेन्टर सञ्चालनमा आयो ।

‘कम्पाउन्ड’ विना नै सडक छेउमा सञ्चालित यो पम्प वरिपरि पसलहरू छन् भने सडक विस्तार समेत प्रभावित भएको छ । पहिला, जतासुकै पम्पहरु स्थापना भए । तर तिब्र शहरीकरणसंगै खुला क्षेत्र सकिंदै गयो । त्यसैले मापदण्ड बमोजिम पम्प व्यवस्थापन गर्न नसकिएको एक पेट्रोल पम्प व्यवसायीले बताउंछन् ।

कम्पाउण्ड, खुला क्षेत्रसहितको पेट्रोल पम्पहरुको व्यवस्थापन गर्न नसकिए पनि अहिले पम्पहरु डिजिटल भएका छन् । पहिले डिजिटल पेट्रोलपम्पहरु थिएन, त्यसैले वितरणमा केही समस्या थियो । अहिले डिजिटल पम्पभएसँगै हिसाबकिताब गर्न सजिलो छ ।

एकान्तकुना क्षेत्रमा अवस्थित गायत्रीदेवी आयल स्टोर्स पनि न्यूनतम मापदण्ड बिनै सञ्चालित छ । स्टोर्स छेउमा जीएस वर्कशप एन्ड अटो पार्टस्मा गाडी मर्मत, वेल्डिङ लगायत काम भइरहने भएकाले पम्पमा आगलागीको जोखिम उच्च छ । ललितपुरको लगनखेल बसपार्क पछाडि रहेको ‘मञ्जु श्री पेट्रोल सेन्टर’ असुरक्षाको अर्को उदाहरण हो । पम्पको बोर्ड केही पर सटरको भित्तामा टाँसिएको छ, तर पम्प बीच सडकमै छ ।

पम्पको अगाडि–पछाडि भएर आवतजावत गरिरहेका सवारी साधनलाई नै पम्पले पेट्रोल डिजलको कारोबार गरिरहेको छ । कुमारीपाटीको महायान पेट्रोल पम्प सडक किनारामै छ । महायानभन्दा केही अगाडि रहेको मच्छिन्द्र पम्प पनि सडकबाट धकेलिंदै किनाराका बस्तीमा जोडिन पुगेको छ । पम्प परिसरमा पसलहरु भएका कारण मानिस आवात्जावत् गरिरहन्छन् । बाटो विस्तार हुन नसक्दा ट्राफिक जाम लगायत दुर्घटना निम्तिरहेको छ । तसर्थ महानगरपालिकाले मापदण्ड विपरित निर्माण भएका पेट्रोल पम्पहरुको व्यवस्थापन गर्न ढिलाई गर्न नहुने बताउंछन् नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल ।

पुराना पेट्रोल पम्पहरु उही बेलाको समय सापेक्ष अनुसार निर्माण भएका थिए । जसरी पहिलेका सार्वजनिक साधनहरु अहिले सञ्चालनमै आएपनि त्यसमा सेवाग्राही चढ्न मान्दैनन्, अहिले सार्वजनिक यातायातका साधनहरु पनि विभिन्न सुविधासहितका छन् । पेट्रोल पम्प व्यवसायीहरुबीच पनि प्रतिस्पर्धाको भावना छ ।

सेवाग्राहीहरुले पनि मापदण्ड पुगेको पेट्रोल पम्पहरुमा मात्र सेवा लिने गरेमा पनि मापदण्ड विपरितका पम्पहरु आफै पछि हट्न बाध्य हुनुपथ्र्यो ।

राजधानी जस्तो घना बस्ती भएको ठाउँमा सम्भावित विपत्का बारेमा समयमै गम्भीर रूपमा सोचिनुपर्छ । पम्प आसपासको ठाउँ जोखिमयुक्त क्षेत्र हो । सुरक्षा विनै सञ्चालनमा रहेका पम्पहरू कुनै पनि बेला बारुदको गोलासरह विस्फोट हुनसक्छन् । तसर्थ, सम्बन्धित सबैजना यस विषयमा चनाखो हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group