ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपमहानगरको लगानीमा नेपालगन्जमा अब नगरबस गुड्ने (भिडियोसहित)


एबीसी न्यूज
१३ भदौ २०७६, शुक्रबार   १० : ४८   बजे

बाँके , १३ भदौ ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले शहरलाई गाउँसँग जोड्नको लागि बस सेवा सञ्चालन गर्ने भएको छ । त्यसका लागि उपमहानगरपालिकाले ७ वटा बसहरु खरिद गरिसकेको छ । केही महिनाअघि नै बस खरिद गरिसकेको उपमहानगरपालिकाले केही दिनमा नै बस सेवाको सुरुवात गर्ने जनाएको छ ।

अहिले भर्खरै नै नगर बस किन्ने उपमहानगरपालिकाको योजना रहेको थिएन । उपमहानगरले लक्षित गरेको वर्गको उत्थानका लागि केन्द्रसँग पैसा मागिएको थियो । तर, माग गरिएको मध्ये ५ करोड रकम आर्थिक वर्षको अन्तिममा आएपछि त्यसलाई कसरी खर्च गर्ने बहसको विषय बन्यो ।

लक्षित वर्गलाई बिना धितोमा ऋण दिन पनि प्रक्रिया लामो हुने र प्रक्रियामा जादा जादै पैसा फिर्ता गर्नुपर्ने अवस्था आउने भएको भन्दै त्यही रकमबाट उपमहानगरपालिकाले नगर बस खरिद गर्न लागेको छ । खरिद गरिएका सात वटा नगर बसले केही दिनदेखि गाउँ–शहरलाई जोड्ने बताइएको छ । तीन करोड ४५ लाख ५० हजार ७ सयमा खरिद गरिएका सात वटा बसको आम्दानी लक्षित वर्गकै उत्थानका लागि खर्च गरिने मेयर डाक्टर धवलशमशेर राणाले जानकारी दिए । विगतमा पनि नगर साझेदारी कार्यक्रम प्रभावकारी भएकाले बसमा लक्षित वर्गबाट कर्मचारी राख्ने र आम्दानी नगर साझेदारी शीर्षकमा राख्ने निर्णय गरेर अघि बढाएको मेयर राणाले बताए ।

नगर बसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि कार्यविधि समेत बनाइएको छ । एकजना यात्रु भए पनि बस गन्तव्यसम्म पुग्ने उपमहानगरपालिकाले जनाएको छ । काठमाडौंको साझा बस जसरी नै नगर बस सञ्चालनमा गर्ने तयारी गरिएको छ । लक्षित वर्गबाट चालक र सहचालक लिइएको छ । तत्काललाई महिला सहचालकको रुपमा रहेने छन् । बस चलाउन सक्ने भएपछि महिलालाई नै चालक बनाउने रणनीति लिइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेलले बताए । सीटभन्दा बढी यात्रु नराख्ने, जेष्ठ नागरिक, अपाङ्ता, विद्यार्थीलाई सहुलियत दिइने प्याकुरेलले जानकारी दिए ।

नेपालगञ्जदेखि कोहलपुर, खजुरा, गौघाट, कम्दी, बेतहनीलगायतलाई रुट बनाउने तयारी भएको छ । अहिलेसम्म यी ठाउँमा बस सञ्चालनमा छैनन् । विभिन्न नामका यातायात व्यवसायीहरुले फाट्टफुट्ट माइक्रोबस सञ्चालनमा ल्याएका छन् । महानगरको अभियानमा लम्केको नेपालगञ्जलाई गाउँ–शहर जोड्ने यस अभियानले कस्तो नतिजा दिन्छ त्यो हेर्न केही महिना त कुर्नेपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu