ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयमा डिजिटल प्रविधिबाट अध्यापन


एबीसी न्यूज
१३ भदौ २०७६, शुक्रबार   २ : ३३   बजे

इलाम, १३ भदौ । देउमाई नगरपालिकाको जीतपुर माध्यमिक विद्यालयमा चक र डस्टरको प्रयोग हुन छाडेको लामो समय भइसक्यो । शिक्षकले हातमा चक बोकेर कक्षामा पढाउने प्रविधि हटेसँगै अहिले शिक्षकले घरबाटै ल्यापटपमा तयारी गरेर ल्याएको पाठयोजनाबाट यहाँ अध्यापन हुने गर्छ ।

यति मात्र होइन, ल्यापटपमा तयारी गरिएको पाठयोजनालाई प्रोजेक्टरमा जोडेर मल्टिमिडियाबाट पढाउने काम हुन्छ । शिक्षकले पाठ्यपुस्तकमा भएको मात्र पढाउनेभन्दा पनि बाहिरका कुरा समेत समेटेर प्रस्तुति दिँदा यसप्रति विद्यार्थीको अध्ययनप्रति चासो बढेको देखिन्छ । नयाँ प्रविधिमा विद्यालय गएसँगै विद्यार्थीले समेत धेरै कुरा देखेकै भर जान्ने हुन्छ र धेरै कुरा पढाइरहन पर्दैन । जिल्लाका नमूना विद्यालयमध्येको एक यस विद्यालयमा शिक्षकलाई मात्र नभई विद्यार्थीलाई समेत सहज रुपमा अध्ययनमा लाग्न कक्षामा भएका कम्प्युटर सहयोगी बनेको छ ।

“हामी शिक्षकले पाठ्यपुस्तकको मात्र पढाउनु पर्ने बाध्यता छैन किनकि इन्टरनेटमा थप कुरा खोजेर पनि सिकाउन सकिन्छ,” विद्यालयका प्रधानाध्यापक गोविन्द बरालले भन्नुभयो – “कम्प्युटर र प्रोजेक्टरको माध्यमबाट पढाउँदा विद्यार्थीलाई पनि पढे जस्तो अनुभव हुँदैन । त्यसैले सिक्न धेरै सहज हुन्छ ।”

विसं २०६३ मा चिनिया राजदूतावासले चार वटा कम्प्युटर दिएपछि दुःखले नयाँ प्रविधिबाट पढाइ शुरु गरिएको यस विद्यालयमा अहिले २१ वटा ल्यापटप त शिक्षकलाई घरघर लग्न दिने गरिएको छ । शिक्षकलाई घरमै भोलिपल्ट पढाउने विषयका बारेमा तयारी गर्न ल्यापटप दिइएको हो । “शुरुआती वर्ष भएकाले पनि तयारी गर्न शिक्षकलाई गा¥हो हुन्छ, घरघरमा ल्यापटप लग्न दिए शिक्षकले घरमै तयारी गर्नसक्ने भएकाले उहाँहरुलाई दिएका हौँ,” प्रधानाध्यापक बरालले भन्नुभयो – “अबको आउँदो शैक्षिक सत्रमा चाहीँ सबै कक्षा कक्षामा मल्टिमिडियाबाट पढाउने गरी तयारी गरिरहेका छौँ ।”

यति मात्र नभई लामो समयदेखि शिक्षण पेशामा रहनुभएका र कम्युटरसम्बन्धी ज्ञान नभएका शिक्षकका लागि भने डिजिटल प्रविधि सिक्न तालीम समेत दिइँदै आइएको छ । सबै शिक्षकलाई समान ज्ञान दिलाउन र प्रविधिमा दक्ष बनाउन विद्यालयले गएको मङ्सिरदेखि अस्ति असारसम्म प्रशिक्षण समेत दिएको थियो ।

यस विद्यालयमा दुई दर्जनभन्दा बढी कम्प्युटर र ल्यापटप अहिले अध्ययन गराउनकै लागि प्रयोग गर्ने गरिएको छ भने विद्यालयका कक्षा कक्षामा सिसी क्यामरा समेत राखिएका छन् । यसले गर्दा शिक्षकले आफ्नो कक्षा समय पढाउँदै गरेको छ वा छैन वा विद्यार्थीले पढेको छ वा छैन भन्ने बारेमा समेत थाहा पाउन सहज भएको छ । “हामीले विद्यार्थीका कक्षाका साथै स्टाफ रुममा समेत सिसी क्यामरा जोडेका छौं, शिक्षकले पनि आफ्नो पिरियडमा पढाएको/नपढाएको जान्न एकदम सहज भएको छ,” बरालले भन्नुभयो । विद्यालयमा अहिले विद्युतीय हाजिरी संयन्त्रसमेत जोडिएको छ ।

सदरमुकामकै आदर्श माध्यमिक विद्यालय विसं २००४ सालमा स्थापना भएको हो । पुरानो विद्यालय भए पनि आदर्श प्रदेश नं १ कै पहिलो डिजिटल प्रविधिमा गएको विद्यालय हो । यस विद्यालयमा डिजिटल माध्यमबाट पढाउन भन्दै केन्द्रीय सरकारबाटै कार्यक्रम आएपछि विद्यालयले भर्खरैदेखि यो प्रविधि अपनाउन शुरु गरेको हो ।

विद्यालयका १२ वटा कक्षामा स्मार्ट बोर्ड राखिएको छ भने विद्यार्थीलाई पढ्न सहज पारिदिन विद्यालयले नै ई–लाइब्रेरीलाई प्रयोगमा ल्याएको छ । विद्यालयमा इन्टरनेटको समेत व्यवस्था छ । कक्षा १ देखि ५ सम्म नेपालीका अतिरिक्त अंग्रेजी माध्यमबाट समेत पढाइ शुरु गरेको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group