ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलपूर्वक बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस,न्यायको नाममा पीडाको व्यापार भयो’


एबीसी न्यूज
१३ भदौ २०७६, शुक्रबार   ७ : १७   बजे

काठमाडौं, १३ भदौ । स्नेहा बस्नेत दुई वर्षकी हुँदा बेपत्ता पारिएका बुबा नारायणबहादुर बस्नेतको अझै अत्तोपत्तो छैन । बुबा आउने आशामा २१ वर्ष बित्यो । तर अहिलेसम्म केही खबर आएन ।

विसं २०५५ मा गोरखाबाट तत्कालीन राज्यपक्षबाट बुबा बेपत्ता भएपछि स्नेहाकी आमाले अर्को विवाह गर्नुभयो । बाबुआमाको काखमा बढ्ने, हुर्कने दुई वर्षको उमेरमै बाबुआमाविहीन हुनुप¥यो ।

“बुबा बेपत्ता हुनेबित्तिकै आमाले अर्को विवाह गर्नुभयो, मैले मेरो बाबुआमा देखेको छैन”, २३ वर्षीया स्नेहाले आँखाभरी आँशु हातले पुछ्दै भन्नुभयो, “बुबा बेपत्ता हुँदा मैले आमा पनि गुमाएँ ।” बुबा भएको भए आमाले अर्को विवाह गर्नु नपर्ने हुँदा परिवार पूर्ण हुन्थ्यो भन्ने स्नेहालाई लागेको छ ।

सरकारले द्वन्द्वपीडितलाई रु पाँच÷पाँच लाख गरी रु १० लाख राहतस्वरूप दियो । तर स्नेहाको हातमा परेको छैन । स्नेहाले कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र महान्यायाधिवक्ता अग्नि खरेलसँग आफूले सरकारले पीडितलाई प्रदान गरेको रकम नपाएको गुनासो गरेपछि उहाँहरूले के भएको रहेछ बुझेर खबर गर्ने वचन दिनुभयो ।

“बुबाको मुख हर्ने दिन आज मैले बुबाको अनुहार कस्तो भनेर अहिलेसम्म हेर्न पाएकी छैन” स्नेहाले भक्कानिदै भन्नुभयो, “राज्यले जीवित नभए पनि जे छ, त्यही भनिदेओस्, परिवारले चित्त बुझाउने बाटो हुने थियो ।” सरकारले पीडितलाई राहतस्वरुप दिएको रकम पाए आफूलाई पढाई खर्चमा सहयोग पुग्ने स्नेहाको आशा छ ।

मुलुकको १० वर्षे सशस्त्र द्वन्द्वमा आफ्ना अभिभावक, परिवार, सन्तान गुमाउने स्नेहाजस्तै धेरै परिवारविहीन भएका छन् । गोरखाका राजेन्द्र ढकाल २०५५ सालमा बेपत्ता पारिँदा उहाँकी छोरी मञ्जिमा ढकाल सात वर्षकी थिइन् । अहिले उनी २८ वर्षकी भइन्, तर बेपत्ता भएका बुबाको अवस्था अज्ञात छ ।

“म सात वर्षको हुँदा बुबा बेपत्ता भएपछि मेरी आमाले कसरी हुर्काउनुभयो, कसरी पढाउनुभयो, हामीले कति दुःख पायौँ, त्यो पीडा भोग्नेलाई थाहा छ”, मञ्जिमाले भन्नुभयो, “कहिलेसम्म न्यायको पर्खाइमा बस्ने रु, न्याय न्याय भनेर कति वर्ष भौँतारिने रु, न्यायको नाममा पीडाको व्यापार भयो ।” स्नेहा र मञ्जिमाका जस्तै धेरै बेपत्ता परिवार न्यायको खोजीमा वर्षौँ तड्पिरहेका छन् । तर न्यायको प्रक्रियाले निश्चितता लिन सकेको देखिँदैन ।

बेपत्ता परिवारले आफ्ना बेपत्ता भएका व्यक्तिको अवस्था सार्वजनिक गर भनेका छन् । जीवितै अगाडि ल्याइदेऊ भनेको छैनन् । बेपत्ता भएका व्यक्तिको श्वास वा लासको प्रतीक्षामा छन् । अहिले १३ वर्ष बितिसक्दा पनि पत्ता लाग्न सकेको छैन । विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता गर्दा सरकार र तत्कालीन विद्रोही माओवादीले ६० दिनभित्र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म त्यो काम पूरा हुन सकेको छैन ।

‘न्याय’ को आशामा भौँतारिदा भौँतारिदै पीडित परिवारले जीवनको महत्वपूर्ण समय पर्खाइमा बिताएका छन् । तर राज्यले एउटा ठोस निर्णय गर्न नसक्दा सङ्क्रमणकालीन न्यायमा अन्योल कायमै छ ।

विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता व्यक्तिको छानबिन गर्ने भनिए पनि पीडितको चर्को दबाबपछि सरकारले २०७१ माघ २७ गते बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन ग¥यो । दुई वर्षमा काम सक्ने भनेर गठन गरिएको आयोगले चार वर्षमा पनि काम नसकेपछि सरकारले नयाँ पदाधिकारी ल्याउने गरी ऐन संशोधन ग¥यो । गत चैत मसान्तदेखि पदाधिकारीविहीन भएको आयोग अहिले पनि पदाधिकारीको प्रतीक्षामा छ ।

महान्यायाधिवक्ता खरेलले द्वन्द्वकालका पीडितले न्यायका लागि निकै लामो धैर्य गरिरहेको प्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “न्यायको खोजीमा पीडितले पीडा पोख्नु स्वभाविक हो, यति लामो धैर्य अति नै पीडादायी हो, सरकारले त्यो कुरा बुझेर न्यायमा विलम्ब गर्नुहुँदैन ।”

सङ्क्रमणकालीन न्यायका विषयमा सबै पीडितको भनाइ एउटै छ । दुवै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन गरेर मात्र आयोगमा पदाधिकारी पठाउनुप¥यो ।

कानूनमन्त्री ढकालले सरकारले सङ्क्रमणकालीन न्यायलाई छिट्टै निष्कर्षमा पु¥याउनेतर्फ वर्तमान सरकार लागी परेको उल्लेख गर्दै भन्नुभयो, “सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउने बेला आएको छ, यसलाई पालिरहनुपर्छ भन्ने सरकारलाई लागेको छैन ।”

मन्त्री ढकालले पीडितको माग र सर्वोच्च अदालतको फैसलाअनुसार कानून बनाउँदा पीडितलाई सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “पीडितको परामर्श र सहकार्यबिना ऐन संशोधन हुँदैन, पीडितबिना ऐन संशोधन गर्ने पक्षमा सरकार छैन ।”

कानून संशोधन गर्दा नेपालको संविधान, ऐन, अन्तर्राष्ट्रिय महासन्धि, सर्वोच्च अदालतको फैसला, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र सरोकारवालापक्षसँग छलफल गरेर मात्र ऐन संशोधन हुनेमा ढुक्क हुन उहाँको आग्रह थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा बेपत्ता पारिएका तीन हजार १९७ उजुरी परेका छन् । आयोगका अघिल्लो पदाधिकारीले ६४ जिल्लाका दुई हजार आठ उजुरीमा विस्तृत छानबिन सकेको थियो ।

बलपूर्व बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालमा पनि बेत्तपा पारिएका व्यक्तिको छानबिन आयोगले राष्ट्रियरूपमा दिवस मनाउन लागेको पाँच वर्ष भएको छ । आज पनि आयोगले बेपत्ता व्यक्तिको सम्झनामा यो दिवसका अवसरमा कार्यक्रम ग¥यो । आयोगका सचिव कृष्णजीवी घिमिरेले नेपालमा पनि बेपत्ता पारिएका व्यक्तिको सम्झना दिवस मनाउन शुरु गरेको भन्दै न्यायको पर्खाइमा बसेका पीडितले छिट्टै न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group