काठमाडौं, १३ भदौ । नेशनल मेडिकल कलेज बीरगंजले ह्रदयघात भएका बिरामीको पहिलो पटक बाईपास सर्जरीमार्फत सफल शल्यक्रिया गर्न सफल भएको छ ।
प्रदेश नम्बर २ कै ठूलो मेडिकल कलेज रहेको बीरगंजस्थित नेशनल मेडिकल कलेजले एक जना बृद्धाको ओपन हर्ट सर्जरी गर्न सफल भएको हो । मेडिकल कलेजका मुटुरोग बिशेषज्ञ डाक्टर जितेन्द्र मिश्राको टिमले बारा फेटा गाउंपालिकाका ५८ वर्षीय हदिश मिया अनसारीको ३ वटा मुटुको नसाको सफल शल्यक्रिया गरेको छ । मेडिकल कलेजका निर्देशक आदित अन्सारीले आज पत्रकार सम्मेलन गर्दै पहिलो पटक मुटुको बाईपास सर्जरी गर्न सफल भएको जानकारी गराउनुभयो ।
उहांले मेडिकल कलेजले शिक्षा र स्वास्थ्य शिक्ष र जनताको स्वास्थ्यमा राम्रो सेवा दिदै आएको दावी समेत गर्नुभयो । बाईपास सर्जरी अपरेशन गर्न कम्तीमा ६ घण्टासम्म लाग्ने उहांले जानकारी दिनुभयो । बिरामी अन्सारीको सर्जरीको सबै खर्च मेडिकल कलेजले ब्यहोरेको पनि उहांले बताउनुभयो । नेशनल मेडिकल कलेजले वारा पर्सा लगायत छिमेकी राष्ट्रबाट आएका बिरामीहरुलाई सस्तो उपचार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्