काठमाडौं, १३ भदौ । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्रष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र कारवाही गर्र्ने बताउनुभएको छ ।
सुशासन तथा योजना समितिद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा उहाँले प्रदेशका जनताका काममा ढिलासुस्ती र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा आफूसदैव अगाडि रहने छु भन्नुभयो । मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,“सोचअनुसार काम हुन नसक्दा जनतामा नैरश्यता छाएको छ ।”
जनप्रतिनिधिप्रति जनताका ठूलो विश्वास र भरोसा छ भन्दै उहाँले जनतालाई केन्द्रविन्दुमा राखी आफ्ना कार्यशैली र व्यवहारमा परिवर्तन गर्न सुझाव दिनुभयो । सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन र समृद्धि कायम गर्न तीन तहको सरकार एकजुट हुनुपर्नेमा जोड दिँदै संविधानले दिएको मौलिक अधिकार पाउनु जनताका नैसर्गिक अधिकार भएको धारणा व्यक्त गर्नुभयो ।
संस्थागत र सामुदायिक विद्यालयबीचको विभेद अन्त्य गरिने
राष्ट्रिय परीक्षा वोर्डबाट कक्षा १२ को विज्ञान संकायमा नेपाल प्रथम भएका ‘अर्किड’ कलेज विराटनगरका निश्चल गुरागार्इँलाई आज यहाँ सम्मान गरिएको छ । कलेजले आज यहाँ आयोजित कार्यक्रममा गुरागाईँलाई नगद रु १ लाखसहित ताम्रपत्रले सम्मान गरेको छ । उक्त परीक्षामा गरागाईँले ३।९२ जिपिए ल्याएका भएका थिए ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गुरागाईलाई सम्मान गर्दै संस्थाग विद्यालय बन्द हुने हल्ला मात्र भएको बताउँदै सरकारी विद्यालयसँग प्रतिस्पर्धा गराउँने बताउनुभयो । उहाँले संस्थागत र सरकारी विद्यालयबीच रहेको विभेद् अन्त्य गरी सहजीकरण गर्ने जानकारी दिनुभयो । मन्त्री कार्कीले सगरमाथा टिन्स क्लव अर्किडका विद्यार्थीलाई व्याच वितरण गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्