टीकापुर, १४ भदौं । टीकापुर नगरपालिका वडा नं. १ टीकापुर बजारमा हावा भर्ने ट्याङकी पड्केर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रबार सा“झ साढे ६ बजे हावा भर्ने क्रममा ट्यांकी पड्केर राप्ती सोनारी गाउ“पालिका बा“के घर भइ कर्णाली क्रसर उद्योगमा कार्यरत टिपर चालक करिब ३० वर्षिय गणेश चौधरीको मृत्यु भएको हो भने सुन्दर मोटर वर्क सपका प्रोप्राइटर सुन्दर चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले बताए ।
ट्यांकी पड्किदा घाइते भएका गणेशलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउदा मृत्यु भएको थियो भने घाइतेको टीकापुर अस्पतालमा उपचार भैरहेको छ भने अवस्था सामान्य रहेको जनाइएको छ । जानकी गाउँपालिका वडा–५ को पथरैयामा संचालनमा रहेको कर्णाली क्रसर उद्योगमा ट्रिपर चालकको काम गर्ने चौधरी ना १ क ५६७६ नम्बरको गाडीमा हावा भर्न वर्कशप पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्