ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्नी फर्काउन दबाब दिन बालकको अपहरण


एबीसी न्यूज
१४ भदौ २०७६, शनिबार   ८ : १८   बजे

सिरहा , १४भदौं  । सिरहाको बन्दीपुरबाट यही भदौ १० गते अपहरित ५ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सितामढीका शोभित मुखियाले आफन्त बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अपहरणकारीलाई सार्वजनिक गर्दै बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । मुखियाले पत्नी सुरेखालाई भगाउन बालकका बुबा-आमाले सहयोग गरेको आरोप लगाउँदै सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा शंकर कार्कीको घरमा डेरा गरी बस्ने बच्चा यादवको छोरा शिवमलाई अपहरण गरेका थिए ।

अपहरणकारीले बालकका बुबा-आमालाई फिरौती बापत पत्नी सुरेखालाई फिर्ता मागेका थिए । पत्नीलाई फिर्ता पाउन बालकलाई अपहरण गर्नु सिरहामा पहिलो घटना हो । यसअघि अपहरणकारीले अपहरितलाई फिर्ता दिन फिरौती रकम माग्ने गरेका थिए । रौतहटको कटहरिया नगरपालिका ६ का बच्चा यादव र भारतको सितामढीका शोभित मुखिया छ महिनादेखि कार्कीको घरमा छुट्टाछुट्टै डेरा गरी बस्दै आएका थिए ।

चटपटे व्यवसाय गर्ने मुखिया बाहिर गएको बेला भदौ २ गते उनकी पत्नी सुरेखा मुखिया भागेपछि शोभितले आफ्नो पत्नी भगाउन बच्चा यादव र उनकी पत्नी सुखनीदेवी यादवले सहयोग गरेको आरोप लगाइरहेका थिए । मुखियाले आफ्नी पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सीतामढीका मुखियाले बच्चा यादवको ५ वर्षीय छोरा शिवमलाई गत मङ्गलबार अपहरण गरेका थिए ।

यही क्रममा यादव दम्पतीलाई पत्नी फर्काउन दबाब दिन शोभितले शिवमको अपहरण गरेको अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । बालकको अपहरण गर्ने शोभितले बारम्बार यादव दम्पतीलाई फोन गरेर मेरो पत्नीलाई फिर्ता गरिदे, छोरालाई लिएर जा भन्दै फोन गरेकाले लोकेशन पत्ता लगाउँदै गएपछि शोभितलाई बालकसहित पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group