ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन– नेता पौडेल


एबीसी न्यूज
१४ भदौ २०७६, शनिबार   ८ : ०८   बजे

काठमाडौं, १४  भदौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले कुनै नयाँ कामको शुरुआत गर्ना नसकेको बताउनुभयो ।

“सरकारले झुटो आश्वासन मात्रै बाँड्ने काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन । देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ ।” वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागतरुपमा संरक्षण गर्न लागेको नेता पौडेलको आरोप थियो । उहाँले भन्नुभयो, “सुन काण्ड, बालुवाटारकाण्ड, वाइड बडी, मेलम्ची, बूढीगण्डकीलगायतमा सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ । यो सरकारको कथनी र करणीमा भिन्नता छ ।”

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भए पनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको नेता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्ण प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन । यो सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसको घाँटी निमोठ्ने दाउमा लागेको छ । मानव अधिकार आयोग विधेयक ल्याएर मानव अधिकार हनन गर्ने दाउमा छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वर्तमान सरकारले नै कमजोर बनाएको उहाँको आरोप थियो । नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्नु संविधानविपरीत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार सञ्चालन बाहिरबाट गर्नसक्ने कुरा संविधानले परिकल्पना नगरेको कुरा हो । यो सरकार संविधान कुल्चिँदै अघि बढेको छ ।”

देशमा आएको व्यवस्थालाई संस्थागत गर्नका लागि अब काङ्ग्रेस एकढिक्का भएर अघि बढ्ने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी एकढिक्का भएर अघि बढ्छौँ । लोकतन्त्रमा विश्वास गर्ने सबै मानिस एक हुनु जरुरी छ ।”
नेता पौडेल कार्यकर्तासँग भेटघाट र गिरिजाप्रसाद कोइराला फाउण्डेसनले आयोजना गरेको ‘तीज विशेष कार्यक्रम’मा सहभागी हुन यहाँ आउनुभएको हो ।

पार्टी प्रवेश गर्नेलाई पौडेलद्वारा स्वागत

विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेलाई काङ्ग्रेस केन्द्रीय सदस्य पौडेलले सदस्यता वितरण गर्दै स्वागत गर्नुभएको छ । सतारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता एवम दलित मुक्ति मोर्चाको पूर्व जिल्ला उपाध्यक्ष जयराम लुहार, नारायणसिंह मार्कण्डेय, धनीराम चुनारा, सरस्वती टमाटा, वकिल बोहरा, नमराज बोहरालगायत आज काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवम दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, पार्टी उपसभापति एवम गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सुदूरपश्चिम प्रदेश संयोजक चतुरबहादुर चन्द, पार्टी सचिवद्वय प्रेम चन्द र वीरबहादुर विष्टलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group