ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संविधानको परिधिमा रही न्याय सम्पादन गर्नुपर्छ’


एबीसी न्यूज
१४ भदौ २०७६, शनिबार   ८ : ४२   बजे

काठमाडौं, १४  भदौ । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले संविधानको परिधिमा रही न्यायिक समितिले न्याय सम्पादन गर्दा न्यायालयप्रतिको भरोसा अझै बुलन्द हुने बताउनुभएको छ ।

आज वीरगन्जमा आयोजना गरिएको ‘स्थानीय न्यायिक समितिको अवसर तथा चुनौती’ विषयक कार्यशाला गोष्ठीमा उहाँले दलगत स्वार्थभन्दा माथि उठेर निस्वार्थ भावनाले न्याय सम्पादन गर्दा नागरिकमा ठूलो विश्वास सिर्जना हुने बताउनुभयो । उहाँले विचौलियाबाट टाढा रहन सुझाव दिनुभयो । अहिले पनि २० प्रतिशत मुद्दा मात्र अदालतसम्म आउने गरेको चर्चा गर्दै मुख्य न्यायाधीश आचार्यले गम्भीर प्रकृतिका मुद्दासमेत गाउँ समाजमै मिलापत्र हुने गरेको र त्यसो नगर्न नगराउनका लागि न्यायिक समिति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पर्सा जिल्ला अदालतका न्यायाधीस विष्णुप्रसाद अर्याल, उच्च बारका अध्यक्ष सुधीर कर्ण, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, अधिवक्ता राजेश मल्लिक, बारा बारका महासचिव रफिक मियाँ, प्रहरी निरीक्षक लक्ष्मण गिरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सहभागिलाई मुख्य न्यायाधीश आचार्य, अधिवक्ता मल्लिक र थर्ड एलाइन्सका कार्यकारी निर्देशक मोहन कर्णले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu