ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाश मानसरोवर : कथ्य तथ्य र विश्वास– एवीसी न्यूजको आउटलुक विशेषमा (भिडियोसहित)


एबीसी न्यूज
१५ भदौ २०७६, आइतबार   २ : ४२   बजे

काठमाडौँ,  १५ भदौ । चिनको स्वसासित प्रदेश तिब्बतको ङारी क्षेत्रमा पर्ने देवताका पनि देवता आरध्य देव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौराणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्वभित मुद्रामा रहेको छ । हेमश्रीङ्ग, वैद्युत, ककुन्दमान र वरुण, श्रिङ्गवान र हिरण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्वतहरुको बिचमा अवीस्थत यस पर्वतकोलाई कमलको फूलको प्रतिकको रुपमा पनि लिईन्छ ।

समुद्र सतहबाट ६७१८ मिटरमा अवस्थित यस पर्वतको परिधि ५२ कि.मि. मा फैलिएको यस कैलास पर्वतलाई आकाश र धर्ती विचको कैन्द्र विन्दु वा सम्बन्ध विन्दुको रुपमा रहेको मानिनछ । त्यसैले यस पर्वतलाई विश्व आध्यात्मिक जगतको कैन्द्र मानिन्छ , जहाँबाट ॐ ओमकार ध्वनी प्रार्दुभाव भई विश्व आध्यात्मिक जगतलाई वाटो देखाएको पाईन्छ । जव कैलाश मानसरोवरमा प्रकाश तरङ्ग र ध्वनी तरङ्गको संगम् हुन्छ तबब त्याहाँबाट ॐ कारको प्रति ध्वनी श्रवण गर्न सकिन्छ । मत्स्यपुराँण अनुसा।र यस पवित्र क्षेत्रमा यक्ष सेनापति, मणिभद्र, मणिधर ,प्रियपात्र सोभाशाली र धनका मालिक कुवेरको नगरी समेत रहेको वर्णन गरेको पाइन्छ ।

विश्व आध्यात्मिक जगतको केन्द्र कैलास पर्वत श्रृंखलाबाट निस्कने ४ नदी सिन्ध, सतलज ब्रम्हपुत्र र कर्णाली नदिले विश्व जगतलाई ४ भागमा विभाजन गरेको छ । हिन्दु धर्म अनुसार यस कैलास पर्वतलाई एक पटक परिक्रमा गर्दा जीवनको एकचक्र वरावरी १२ पटक परिक्रमा गर्दा पछिल्लो जन्म सहितको पाप नाश हुनेछ भने १०८ पटक परिकैमा गर्दा मानव जिवनबाट नै मोक्ष प्राप्त भई भगवत्व प्राप्त हुनेछ भन्ने पौराणिक मान्यता रहेको छ ।

पौराणिक कथन अनुसार देवगण, ऋषिगण, राक्षसगण, रावण, भस्मासुर,अन्धकासुर, आदिले यहि कैलास मानसरोवरमा तपस्या गरी वरदान प्राप्त गरेका थिए भन्ने भनाई पाईन्छ । यस पर्वत हिन्दु लगायत बौद्घ, जैन र सिख धर्मावलम्वीहरुको पवित्र तपोभूमि मानिन्छ । जैन धर्मको पहिला तिर्थाकर र सिख धर्मका गुरुनानक ले पनि यसै भूमिमा कठिन तपस्या गरी मोक्ष प्राप्त गरेका थिए भनिन्छ ।

पिरामिण आकारको यो मानव निर्मित जस्तो देखिने कैलास पर्वत, आध्यात्मिक दृष्टिले वहु धार्मिक पवित्र देव तपोभूमि भएकोले प्रत्येक वर्ष विश्वका लाखौ यात्रीहरु धार्मिक आस्था एवं जिज्ञासाले अत्यन्तै अभिरुचीका साथ भ्रमण गरेको पाइन्छ । कति पयको यस जन्मको मात्र नभई परजन्मको समेत पाप नष्ट हुने यस्तो पवित्र धार्मिक एवं रहस्यमय कैलास पर्वतको म्रमण नगरी मृत्यु वरण गरेमा जिवन अधुरै हुने सम्मको भनाई रहेको पाईन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group