बुटवल, १६ भाद्र ।
फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा बांके प्रहरीले आज गोलि चलाएको छ । बर्दिया जिल्ला अदालतले चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाए सुनाए लगत्तै फरार रहेका बाँके बैजनाथ गाँउपालिका वडा नं ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै न्यौपाने फरार भएका थिए । सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै देखिएका न्यौपाने लाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनीमाथि गोलि चलाउनु परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख नायब प्रहरी उपरिक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो । प्रहरीले न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो ।
गोली लागी घाईते भएका न्यौपानेलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको र उनको अहिले उपचार भईरहेको कोहलपुर प्रहरीले जनाएको छ । न्यौपानेलाई २०६८ सालमा चोरी तथा डकैटी मुद्धामा जिल्ला अदालत बर्दियाले ६ वर्ष कैदको सजाय सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्