ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन


एबीसी न्यूज
१७ भदौ २०७६, मंगलबार   २ : ३३   बजे

 

काठमाडौं, १७ भदौ  । विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ ।

समितिको विशेष बैठकले यस्तो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भरतराज पौडेले राससलाई जानकारी दिनुभयो । समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा हरिबोल भट्टराई, डा मीठाराम विश्वकर्मा, दिनेशकुमार सिजापति, बाबा योगीराज, मोहन लामा, अर्जुन शिवाकोटी, बद्री भट्टराई र रोहित गौतम सदस्य रहनुभएको छ ।

अध्ययन समितिलाई एक साताभित्र स्थलगत अध्ययन गरी फर्कनेगरी अख्तियारी दिइएको छ । सरकारले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठन गरेको अध्ययन समितिसँग छलफल एवं सहयोग गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ ।

समितिमा १००८ स्वामी भागवताचार्य, राष्ट्रिय धर्मसभाका महासचिव पुष्पराज पुरुष, महासङ्घ राष्ट्रिय समितिका उपाध्यक्ष प्रवीण घिमिरे, महासचिव गणेशप्रसाद नेउपाने, सचिव ज्योत्स्ना साउद र सहकोषाध्यक्ष विदुरप्रसाद भण्डारी रहनुभएको छ । महासङ्घले सल्लाहकार परिषद्का प्रमुख सल्लाहकार एवं पूर्व सभामुख तारानाथ रानाभाटको उपस्थितिमा बसेको बैठकले दुवै समिति गठन गरेको हो । सो अवसरमा पूर्व सभामुख रानाभाटले घटनाको वास्तविकता पत्ता लगाउन दुवै समितिले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu