ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेखमा


एबीसी न्यूज
१८ भदौ २०७६, बुधबार   १० : ३१   बजे

दैलेख, १८ भदौ । सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ । अन्य विभिन्न स्थानमा सोधपुछ गर्ने टोलीले जानकारी दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उच्च बारका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन गरेको सात सदस्यीय छानविन टोली यहाँ आएको हो ।
टोलीले जिल्ला समन्वय समिति, नारायण नगरपालिका, शिरिस्थान मन्दिरलगायतका विभिन्न स्थानमा सोधपुछ गरेको टोलीका सदस्य वसन्त गौतमले जानकारी दिनुभयो । नेपालगञ्जको काञ्जीहाउसमा रहेका गाई गोरु जिल्लाका विभिन्न स्थानमा वितरण गर्ने उद्देश्यले कटुकामा झारेर चराउँदै किसानलाई बाँड्ने अभियानअन्तर्गत सो उपमहानगरपालिकाले नगर प्रहरीको सुरक्षासँगै गाई दैलेख ल्याउने तयारी गरेको भए पनि व्यवस्थापनको कमजोरीका कारण केही गाई गोरु गाडीभित्रै मरेका उक्त उपमहानगरपालिकाले स्वीकार गरेको छ ।
उन्नत गाई तथा गोरु गाउँमा आउने र निःशुल्करुपमा किसानले चाहेका गाई गोरु हुलबाटै छानेर लिन पाइने भन्दै दैलेखका विभिन्न गाउँमा १५ दिनअघिदेखि हल्ला चलेको थियो । जिल्ला समन्वय समितिले पनि जिल्लाका विभिन्न स्थान गाईपालनका लागि उपयुक्त भएकाले निःशुल्करूपमा किसानलाई गाई दिन सके आर्थिक अवस्था सुधार हुने भन्दै राम्रा र उन्नत गाई आउने अवस्था भए त्यसको सहजीकरण गर्ने तयारी थालेको बताएको छ । समन्वय समितिले उन्नत गाई किसानलाई निःशुल्क दिन सकिने बारेमा स्थानीय तहसँग समन्वय गर्न तयारी गरेको ।
सो उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दैलेखकै भएका र यसअघि जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी भएर प्रभावकारी काम गरेकाले उहाँले दैलेखका किसानको हितका लागि काम गर्ने बारेमा मौखिक रुपमा धेरैसँग समन्वय भएको थियो । राम्रो काम गर्ने उद्देश्य राख्दाराख्दै पनि प्राविधिकरूपमा केही त्रुटि भएकाले यसलाई अन्यथा नबुझ्न जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले अनुरोध गर्नुभएको बताइएको छ ।
एकाएक गाई गोरु मरेको कुरा सार्वजनिक भएपछि स्थानीय सरकारले आफ्नो संलग्नता नभएको भन्दै विज्ञप्तिसमेत जारी गरिसकेका छन् । शिरिस्थान व्यवस्थापन समिति, भैरवी गाउँपालिका, नारायण नगरपालिकालगायतले विज्ञप्तिमार्फत आफूहरुको संलग्नता नभएको स्पष्ट पारिसकेका छन् । यसअघि नेपालगञ्जबाट दैलेख पश्चिमका धेरै किसानले गाई र गोरु लगेको सो उपमहानगरपालिकाले जनाएको छ ।
किसानलाई सहजताका लागि गाउँमै उन्नत गाई–गोरु पु¥याउने र किसानले छानेर गाई–गोरु लिने व्यवस्था मिलाउन यसो गरिएको उक्त उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । बाँकेको नेपालगञ्जस्थित काञ्जीहाउसबाट ल्याइएका २९१ गाई र गोरुमध्ये ३३ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका थिए । विवाद चुलिएपछि सबै गाई पुनः नेपालगञ्ज फिर्ता पठाइएको छ । घटनाबारे अनुसन्धान गर्न सात जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group