ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम हलीले जस्तो गर्नुहोस्, सुविधा हाकिमको जस्तो लिनू”– मुख्यमन्त्री गुरुङ


एबीसी न्यूज
१८ भदौ २०७६, बुधबार   ७ : १५   बजे

 

काठमाडौँ, १८ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रसेवक कर्मचारीले सरकारले लिएको लक्ष्य र उद्देश्यअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश सरकार मातहतका ११ वटै जिल्लाका कार्यालय प्रमुखलाई आज पोखरामा निर्देशन दिँदै उहाँले सरकारले के गर्न खोजेको छ बुझेर सरकारको योजनाअनुसार सबै कार्यालयले काम गर्नुपर्दछ भन्नुभयो ।

कर्मचारीले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्नेमा विधि र प्रक्रियामा मात्र अल्ँिझदा जनताको आँगनमा रहेको प्रदेश सरकार र पिँढीमा रहेको स्थानीय सरकारबाट पनि जनताले विगतमा जस्तै दुःख पाउनुपरेको उल्लेख गर्दै मुख्यमन्त्रीले सरकारले बनाएको कार्ययोजनाअनुसार काम गर्न निर्देशन दिनुभयो ।

सरकार राम्रो काम गर्ने कर्मचारीलाई सधँै प्रोत्साहन, पुरस्कृत र सेवासुविधा वृद्धि गर्ने पक्षमा रहेको बताउँदै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “काम गर्दा स्रोत र साधन के मा अभाव भयो भन्नुहोला, तर काम चाहिँ हुनुप¥यो । काम हलीले जस्तो गर्नुहोस्, सुविधा हाकिमको जस्तो लिनू ।”

सरकारले चालू वर्षमा शत्प्रतिशत बजेट कार्यान्वयन गर्ने गरी अघि बढेको बताउँदै मुख्यमन्त्री गुरुङले असोजदेखि नै कार्ययोजना शुरु गर्नुपर्ने बताउनुभयो । पहिलो चौमासिक भित्रमा योजना शुरु गरेर दोस्रो तथा तेस्रो चौमासिकमा नपुग्दै सम्पन्न गर्ने गरी काम अघि बढाउन आग्रह गर्दै उहाँले चालू वर्षका योजना असारअघि नै सम्पन्न गरिसक्न खर्च गर्ने संस्थागत क्षमता विकास गर्न आग्रह गर्नुभयो ।मुख्यमन्त्री गुरुङले सरकारले आन्तरिक आयबाट नै चालू खर्च धान्ने र सङ्घीय सरकारबाट प्राप्त हुने सबै बजेट सडक, उद्योग कलकारखाना तथा उत्पादनमा लगाउने योजना अघि सारेकाले आन्तरिक आय वृद्धि गर्नेतर्फ जोड दिनसमेत कार्यालय प्रमुखहरुसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गत वर्ष कार्यालय स्थापनामा ढिलाइ, कर्मचारी समायोजन लगायतका कारणबाट लक्ष्यअनुसार पूँजीगत खर्च नभएको बताउँदै चालू वर्षमा सरकारी लक्ष्य पूरा गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले परिवर्तित व्यवस्थाअनुसार कर्मचारीले काम गर्ने क्षमतामा वृद्धि गरी जनतालाई दुःख नहुने गरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu