काठमाडौँ, १८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज देवघाटधामको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिनुभएको हो ।
मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयको समन्वयमा देवघाटको विकास गर्नुपर्छ, मन्त्रालयका तर्फबाट सक्दो सहयोग हुन्छ ।” उहाँले छिट्टै स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयबीच देवघाटको विकासका लागि छलफल आयोजना गरिने बताउनुभयो ।
सो अवसरमा देवघाटको अवस्था र समस्याका बारेमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले मन्त्री भट्टराईलाई जानकारी गराउनुभएको थियो । उहाँले बजेट अभावमा गुरुयोजनाअनुसार काम गर्न समस्या भएको बताउनुभयो । देवघाटको विकास गठन आदेशबाट मात्र सम्भव नहुने भन्दै छुट्टै ऐनको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।
मन्त्री भट्टराईले देवघाटमा निर्माणाधीन रहेको शवदाह गृहको समेत निरीक्षण गर्नुभएको थियो । उहाँले गलेश्वर आश्रममा सामूहिक भोजन ग्रहण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्