ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्री भट्टराईद्वारा देवघाटधामको अवलोकन


एबीसी न्यूज
१८ भदौ २०७६, बुधबार   ७ : ५९   बजे

काठमाडौँ, १८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज देवघाटधामको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिनुभएको हो ।

मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयको समन्वयमा देवघाटको विकास गर्नुपर्छ, मन्त्रालयका तर्फबाट सक्दो सहयोग हुन्छ ।” उहाँले छिट्टै स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयबीच देवघाटको विकासका लागि छलफल आयोजना गरिने बताउनुभयो ।

सो अवसरमा देवघाटको अवस्था र समस्याका बारेमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले मन्त्री भट्टराईलाई जानकारी गराउनुभएको थियो । उहाँले बजेट अभावमा गुरुयोजनाअनुसार काम गर्न समस्या भएको बताउनुभयो । देवघाटको विकास गठन आदेशबाट मात्र सम्भव नहुने भन्दै छुट्टै ऐनको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

मन्त्री भट्टराईले देवघाटमा निर्माणाधीन रहेको शवदाह गृहको समेत निरीक्षण गर्नुभएको थियो । उहाँले गलेश्वर आश्रममा सामूहिक भोजन ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu