ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसद्वारा भ्रष्टाचारका घटनाको छानबिन गरी कारवाही गर्न माग


एबीसी न्यूज
१८ भदौ २०७६, बुधबार   ८ : ०८   बजे

काठमाडौँ, १८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रष्टाचारका विभिन्न काण्ड र कानून उल्लङ्घन गरी गरिएका निर्णयको छानबिन गरी दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन संवैधानिक छानबिन निकायहरुको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबारको बैठकद्वारा पारित सामसामयिक प्रस्तावका बारेमा जानकारी आज आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिनुभयो । काँग्रेसले नेपाल वायु सेवा निगमको वाइड बडी तथा न्यारो बडी हवाईजहाज काण्ड, सुनकाण्ड, चिनी काण्ड, बालुवाटार जग्गा काण्ड, विराटनगर जुटमिल काण्ड, मेलम्ची काण्ड, एनसेल कर प्रकरण, बिना प्रतिस्पर्धा निर्णय गरिएको बूढीगण्डकी आयोजनामा भएको अनियमितताको छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।

सचेत हुन आग्रह

सरकारबाटै संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य र मान्यतालाई अवमूल्यन गर्ने प्रवृत्ति बढेको आरोप लगाउँदै डा महतले सरकारसँग जनताको वितृष्णा बढेको र जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने कार्य पनि सरकारकै भएकाले यो जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने तर्क गर्नुभयो ।

काँग्रेसले लोकतान्त्रिक व्यवस्थालाई कमजोर गर्न चाहने शक्तिहरु सरकारको कमजोरी र जनताको सरकारप्रतिको वितृष्णालाई लोकतान्त्रिक पद्धतिको असफलता र कमजोरीका रुपमा चित्रित गर्न उद्यत रहेको निष्कर्ष निकाल्दै यसप्रति सचेत हुन पार्टी पङ्क्ति र सम्पूर्ण लोकतन्त्रवादीहरुलाई अनुरोध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकको अध्यक्षता सिङ्गापुरबाट गरेको भन्ने विषयलाई काँग्रेसले गम्भीरताका साथ लिएको जनाएको छ । “यो देशको लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनीयतासँग जोडिएको विषयसमेत भएकाले सरकारको यो निर्णयप्रति हाम्रो गम्भीर आपत्ति छ”, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसले सङ्घीय संसद् र प्रदेशसभामा सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनुपर्ने व्यवस्थाको सरकारले ठाडो उल्लङ्घन गरेको पुनः दोहो¥याएको छ । संसद्मा अघि बढाइएका मिडिया काउन्सिलसम्बन्धी विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक, राष्ट्रिय मानव अधिकारसम्बन्धी विधेयकप्रति काँग्रेस बैठकले ध्यानाकर्षण भएको जनाएको छ । सहमहामन्त्री डा महतले भूमिसम्बन्धी विधेयकप्रति पनि गम्भीर आपत्ति रहेको जानकारी गराउँदै तत्काल सच्याउन बैठकले माग गरेको बताउनुभयो ।

मधेश केन्द्रित दलहरुको द्वैध चरित्र

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले प्रस्ताव गरेको संविधान संशोधनको प्रस्तावलाई वर्तमान सरकारले पन्छाएको काँग्रेसको आरोप छ । उक्त संविधान संशोधनको प्रस्तावप्रति आफूहरु प्रतिबद्ध रहेको जनाउँदै उहाँले निर्वाचित हुन ठूला कुरा गर्ने र निर्वाचित भएपछि ती विषयलाई बिर्सेर सत्तामा जान जे पनि गर्ने मधेश केन्द्रित दलहरुको द्वैध चरित्रप्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो ।

संवैधानिक व्यवस्था अनुसारको आरक्षण सुनिश्चितता नगरी स्थानीय निकायमा कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको भन्दै काँग्रेसले सरकारसँग संवैधानिक व्यवस्था अनुसारको आरक्षण सुनिश्चित गराउने व्यवस्था तत्काल मिलाउन माग गरेको छ ।

सङ्घीय संरचनाअनुरुप गरिएका अधिकार बाँडफाँटको प्रावधान विपरीत निजामती कर्मचारी नियुक्ति गर्ने व्यवस्था, प्रहरी प्रशासन सञ्चालन गर्ने व्यवस्थालाई केन्द्रीकरण गर्न खोजिएको भन्दै यस्ता कुनै पनि काम नगर्न काँग्रेस बैठकले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group