ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैँकले घरमा ताला लगाएपछि मन्दिरमा बास


एबीसी न्यूज
२० भदौ २०७६, शुक्रबार   ९ : २७   बजे


जनकपुरधाम २० भदौ । बैंकबाट लिएको ऋण तिर्न ढिलाइ भएपछि एक विपन्नको घरमा ताल्चा लगाएपछि पुरै परिवार नै बिचल्लीमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका बजरंगी पासवानले ऋणको किस्ता तिर्न ढिलाइ भएपछि उनको घरमा छिमेकी बिकास बैंकले ताल्चा लगाएको हो । बैँकले घरमा ताल्चा लगाएपछि उनि मन्दिर लगायतका सार्वजनिक स्थानमा दिन गुजार्न बाध्य भएका छन् ।

बैंकका कर्मचारी र महिला समूहले घरमा ताला लगाएर घर निकाला गरेको पीडितले गुनासो गरेका छन् । घर निकाला गरिएका परिवारका सदस्य अहिले बालबच्चा सहित दुई दिनदेखि जानकी मन्दिरको प्रांगनमा भोकभोकै बसिरहेको पीडितले बताए ।

पासवानले विगत करिब दुई महिनादेखि मासिक किस्ता तिर्न नसक्दा बुधबार बैंकका कर्मचारी र स्थानीय महिला समूह आएर घरमा ताला लगाएर निकाला गरेको पीडित बजरंगी पासवानले हामीसंग पीडा सुनाए । ’समूहबाट ४ लाख ५० हजार ऋण लिएका छौं,’पासवानले भने,’अहिलेसम्म नियमित १८ हजारका दरले मासिक किस्ताको रकम तिर्दै आएको छु ।’

गत दुई महिनाको किस्ता तिर्न बाँकी रहेका बेला बैंकका कर्मचारी र समूहका महिलाहरु घरमै आएर ताला लगाई घर निकाला गरेको उनको गुनासो छ ।
घरबाट निकालिएको विषयमा बैंकका जनकपुर शाखा प्रमुख सुजित झाले पासवानको घरमा महिला समूहले ताला लगाएको बताए । महिला समूहमार्फत समूह जमानीमा लगानी रहेको र ऋण उठाउन महिलाहरूले आफैंले निर्णय गर्ने गरेको पीडित पासवानी पत्नी ज्ञानुदेवी पासवानले बताइन् ।

जनकपुरमा मात्रै ३० जना महिलाको समूह गठन गरेर छिमेकी बैंकले करोडौं रुपैयाँ ऋण लगानी गरेका छन् । महिलाहरू चर्को ब्याज र किस्ताबन्दीमा ऋण तिर्न बाध्य भएको र ऋण तिर्न नसक्दा घर निकाला गरिएको परिवारले पीडा सुनाएका छन् । बैंकहरूले यसरी लगानी गरेको ऋणको ब्याज, सेवा शुल्क गरी करिब २५ प्रतिशतभन्दा बढी ब्याज लिने गरेको पीडित परिवारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group