काठमाडौं, २० भदौ । स्वास्थ्य लाभ गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । थाइ एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । प्रधानमन्त्रीलाई स्वागत गर्ने नेकपाका नेता तथा कार्यकताहरुको ठुलो भिडलागेको थियो ।
प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर जानु भएको थियो । उहाको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो । अस्पतालले उपचार सोचे अनुरुपको ठिक भएको भन्दै विहिवार डिस्चार्ज गरेको थियो । प्रधानमन्त्रीलाई भेट्न गएका सत्तारूढ दल नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडल पनि सँगै फर्कनु भएको छ ।
प्रधानमन्त्रीका साथमा उहाकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत हुनुहुन्छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा। दिव्यासिंह शाह भने यसअघि नै फर्किसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्