ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवकको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम बन्द


एबीसी न्यूज
२० भदौ २०७६, शुक्रबार   १२ : ५२   बजे

काठमाडौं, २० भदौ  । युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ । गत साउन १६ गते जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित रातो खोलामा स्थानीयवासी २९ वर्षीय सरोजकुमार साहलाई हत्या गरेर फालिदिएको अवस्थामा शव बरामद भएकामा प्रहरीले अहिलेसम्म हत्यारा पत्ता नलगाएको भन्दै पीडित परिवार र जलेश्वरका बासिन्दाले आज जिल्ला सदरमुकाम जलेश्वर बन्द गराएका छन् ।

आज बिहानैदेखि जलेश्वरका सबै पसल, बजार, उद्योगधन्दा र कलकारखानाहरु बन्द गराउँदै उनीहरुले प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका छन् । बन्दका कारण जलेश्वरका जनजीवन प्रभावित बनेको छ । प्यान्ट र गञ्जी मात्रै लगाएको, नाकबाट रगत बगेको तथा शरीरको अन्य भागमा चोटपटक लागेको सरोजलाई हत्या गरेको अवस्थामा प्रहरीले रातो खोला किनारमा फालिएको अवस्थामा शव बरामद गरेको थियो ।

यता युवक साहको हत्याको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । साथै उहाँले घटना रहस्यमय रहेको बताउँदै आवश्यक अनुसन्धानका लागि समय लाग्ने तर हत्यारा अवश्य पत्ता लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group