ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाइरल ज्वरोको प्रकोप, अस्पतालहरुमा थेग्नै नसक्ने गरी बिरामी


एबीसी न्यूज
२० भदौ २०७६, शुक्रबार   १२ : ५९   बजे

काठमाडौं, २० भदौ  । अत्यधिक गर्मीका कारण सिरहामा भाइरल ज्वरो फैलिएपछि अस्पतालहरुमा थेग्नै नसक्ने गरी बिरामीको चाप बढेको छ ।

जिल्लाभरि नै भाइरल ज्वरोको प्रकोप फैलिएर जिल्लास्थित स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप अत्यधिक बढेसँगै श्यया र औषधिको अभाव भएको छ । सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढेसँगै दैनिक १०० देखि १५० जनासम्म बिरामी आउने गरेको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

उपचारका लागि आउने बिरामीहरुमध्ये करीब ९० प्रतिशत बिरामी भाइरल ज्वरोबाटै थलिएका बिरामीहरु रहेको मेसु डा यादवको भनाइ छ । दैनिक ठूलो सङ्ख्यामा बिरामीको चाप बढेपछि अस्पतालमा श्ययाको अभावमा भुइँमा राखेरै उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।यस्तै सिरहाको गोलबजारस्थित स्वास्थ्य चौकी भाइरल ज्वरोको बिरामीले भरिभराउन भएको स्वास्थ्यकर्मीले बताएको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज सत्यनारायण यादवका अनुसार भदौको पहिलो सातादेखि दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये करीब ७० प्रतिशत बिरामी भाइरल ज्वरोकै रहेको इन्चार्ज यादवको कथन छ । दैनिक बिरामीको चाप अत्यधिक बढ्ने गरेकाले भुइँमै राखेर उपचार गर्ने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै लहानस्थित रामप्रसाद उमाप्रसाद शारदा स्मारक अस्पतालमा पनि भाइरल ज्वरोकै बिरामीको चाप बढ्ेको छ । कूल ५० श्ययाको सो अस्पतालमा दैनिक १०० जति बिरामी आउने गरेकामा करीब ९० प्रतिशत बिरामी भाइरल ज्वरोकै रहेको अस्पतालका मेसु डा सुनिल कुशवाहले जानकारी दिनुभयो । बिरामीको चाप अत्यधिक बढेकाले श्ययाको अभावमा भुइँमै राखेर बिरामीको उपचार गरिरहेको मेसु डा कुशवाहको भनाइ छ । भाइरल ज्वरोको प्रकोप जिल्लामा फैलिए पनि डेङ्गु रोगको प्रकोप जिल्लामा नरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुखसमेत रहनुभएका सिरहा अस्पतालका मेसु डा यादवको कथन छ ।

जिल्लामा अहिलेसम्म डेङ्गु प्रभावित एउटा पनि बिरामी फेला नपरेकाले आत्तिनु नहुने भन्दै उहाँले भाइरल ज्वरो र रुघाखोकी फैलिने मौसम अझै रहेकाले सचेत रहनसमेत सबैसँग आग्रह गर्नुभयो । साथै अस्पतालहरुमा पखला, रुघाखोकीको बिरामीसमेत बढेको स्थानीय स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । मौसमी रुघाखोकी घाम तात्तिँदै गएपछि जमीनमुनि बस्ने सर्प जमीनबाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई टोक्ने क्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढेको छ ।

विगत केही दिनयतादेखि बढेको अत्यधिक गर्मीका कारण सिरहा जिल्लाको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि लाग्ने टण्टलापुर घाम चर्किंदै जाँदा दिउँसोपख सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण बनेको छ । दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको छ । टण्टलापुर घाम लाग्ने र हावा नचल्दा दैनिक जीवनयापनसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu