ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराधका घटना हुन नदिन सरकारले नीतिगत र संरचनागत प्रयास गरिरहेको छ– गृहमन्त्री थापा


एबीसी न्यूज
२० भदौ २०७६, शुक्रबार   १ : ४३   बजे

काठमाडौं, २० भदौ  । गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको दावी गर्नु भएको छ ।

गृहमन्त्री थापाले नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेर, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन निर्माण गरेर, महिला हिंसाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै निकायलाई परिचालन गरेर मानव बेचविखन तथा ओसारपसार हुन नदिने काम गरिरहेको पनि बताउनु भयो । मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मानव बेचविखन बढदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएको उल्लेख गर्दै ती समस्या समाधानका लागिसमाधानका लागि पनि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यक्तामा पनि जोड दिनु भयो ।

मन्त्री थापाले सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने गरी यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group