काठमाडौं, २० भदौ । अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन् । नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन् । सात सय पटक बलात्कार गरेको अभियोगमा तीन सय ३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन् । उनी हुन्, जनकपुरका अजयकुमार देव । अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए ।
उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ भन्ने खबर शुक्रबार साप्ताहिकमा खबर छ । त्यो पनि एक या दुईपटक हैन। पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म । पाँच वर्षमा बलात्कृत भएको गणना गर्दा सात सय ३८ पटक र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३ सय ३८ वर्ष जेल सजाय सुनाएको छ । उनी अहिले जेल सजाय काटिरहेका छन् । त्यसैगरी हत्या, नक्कली विवाह, ठगीसँगै अबैद्य रुपमा अमेरिका प्रवेश गर्दासमेत नेपाली नागरिक अमेरिकी कारागारमा छन् ।
प्रतिक्रिया दिनुहोस्