काठमाडौं, २० भदौ । जिल्लाका विभिन्न स्थानमा बिहीबार तीन जना महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सामा एकैदिनमा तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका–२७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाई झुण्डिएकी थिइन् । उनको झुण्डिएर मृत्यु भइसकेको खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली घटना स्थल पुगेको थियो । महतोको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।
प्रहरीका अनुसार सासु–ससुरा र पति विहान सात बजे खेतमा गोडमेल गर्न गएको अवस्थामा ललिताले पासो लगाएर आत्महत्या गरेकी थिइन् । ललिताका ससुरा किशोरी मुखिया बिनका अनुसार बुहारीलाई खाना पकाएर ल्याउन भनी उनीहरु खेतमा गएका थिए । १० बजेसम्म बुहारी नआएपछि घर आएर हेर्दा बुहारीले ढोका थुनेर आत्महत्या गरेको पाइएको परिवारलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
आफ्नै घरको सुत्ने कोठाभित्र पंखामा कपडाको पासो लगाइ उनले आत्महत्या गरेकी हुन् । झुण्डिरहेको अवस्थामा आफन्तले देखेपछि पासो फुकाइ उपचारको लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । श्रीमानसँग सामान्य विवाद भएपछि उनले आत्महत्या गरेको हुन सक्ने अनुमान आफन्तले गरेका छन् ।दुवै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्मा जिल्लामा निरन्तर आत्महत्याका घटना भइरहेकोे बताउँछन् ।
मानिसमा तनाव बढी हुने तर, धैर्यता कम देखिएकोले आत्महत्याको घटना बढेको हुन सक्ने उनको अनुमान छ ।
चिकित्सक भन्छन्–आत्महत्याको मुख्य कारण मानसिक समस्या
मानसिक रोग विशेषज्ञ डा भरत गोइत आत्महत्या गर्न कोशिस गरेकाहरु निरन्तर उपचारका लागि आउने गरेको बताउँछन् । ‘कहिले विष सेवन गरेर त कहिले झुण्डिएर आत्महत्या गर्न कोशिस गरेको घट्ना हामीकहाँ आइरहेको हुन्छ,’ उनले भने, ‘७० प्रतिशत आत्महत्या मेन्टल डिसअर्डर ९मानसिक समस्या०का कारण हुन्छ, लागू पदार्थ दुर्व्यसनी र देखासिकीका कारण मानिसले आत्महत्या गर्छन् ।’
मानसिक समस्याका लक्षणहरु र त्यसको निदानकाबारेमा जनचेतना जगाउन नसकेकै कारण राज्यले ठूलो मानवीय क्षति बेहोर्नुपरेको डा। गोइत बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्