काठमाडौँ, १० वैशाख । आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा दलित समुदायका विषयलाई समावेश गर्नुपर्ने माग गरिएको छ । विभिन्न राजनीतिक दलसँग सम्बन्धित दलित नेता तथा दलित नागरिक समाजको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा युवराज खतिवडालाई १७ बुँदे ज्ञापनपत्र बुझाउँदै संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम जातीय छुवाछूत ...